मेचीनगर, १३ मंसिर । झापा क्षेत्र नं. १ मा समानुपातिकतर्फ प्रदेशसभा ‘१’ को मत परिणाम सार्वजनिक गरिएको छ ।
निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले सोमबार सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रदेशसभा सदस्यको १ मा ४८ हजार ७९९ खस्दा नेपाली कांग्रेसको रुख चिन्हले १७ हजार ९१० मतसहित पहिलो बनेको छ ।
नेकपा एमालेको सुर्य चिन्हले १५ हजार ४३९ मत ल्याएर दोस्रो भएको छ । यता राप्रपाको हलो चिन्हले ३ हजार ९२० मतसहित तेस्रो स्थान प्राप्त गरेको छ ।
यसैगरी मंगोल नेशनल अग्रनाइजेशनको कुखुराको भालेले १८१७, नेकपा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडाले १७५८, लोकतान्त्रिक समाजवादी पार्टीको साइकलले ३६३ मत प्राप्त गरेका छन् ।
यस्तै एकिकृत समाजवादी पार्टी कलमले ५४९, जनता समाजवादी पार्टी नेपाल ढल्केको छाताले ७५७, जनमत पार्टीको लाउड स्पिकरले २७६, हाम्रो नेपाली पार्टीको लौरोले ७२९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको टंकबहादुर महतले बताए ।
Discussion about this post