मेचीनगर, १३ मंसिर । झापा क्षेत्र नं. १ मा समानुपातिकतर्फ प्रतिनिधि सभाको मत परिणाम सार्वजनिक गरिएको छ ।
निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले सोमबार सार्वजनिक गरेको मतपरिणाम अनुसार ८१ हजार ७६४ मत खस्दा नेपाली कांग्रेसको रुख चिन्हले २५ हजार ४२० मतसहित पहिलो भएको छ ।
नेकपा एमालेको सुर्य चिन्हले २२ हजार ५४७ मत ल्याएर दोस्रो भएको छ । यता राष्ट्रिय स्वतन्त्र पार्टीको गोलाकारभित्रको घण्टी चिन्हले १३ हजार ७५० मतसहित तेस्रो स्थान प्राप्त गरेको छ ।
यसैगरी राप्रपाको हलोले ५ हजार ५८, नेकपा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडाले ५ हजार ५७, मंगोल नेशनल अग्रनाइजेशनको कुखुराको भालेले २ हजार ३८, लोकतान्त्रिक समाजवादी पार्टीको साइकलले ४८५ मत प्राप्त गरेका छन् ।
यस्तै एकिकृत समाजवादी पार्टी कलमले ५२९, जनता समाजवादी पार्टी नेपाल ढल्केको छाताले ६१२, जनमत पार्टीको लाउड स्पिकरले २२६, हाम्रो नेपाली पार्टीको लौरोले २४७ मत प्राप्त गरेको निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिए ।
Discussion about this post