मेचीनगर, ९ पुस । मेचीनगर नगरपालिकाले काँकरभिट्टा बसपार्क व्यवस्थापन सम्बन्धि पहल सुरु गरेको छ ।
नेपालको पूर्वी सीमा नाकासँगै रहेको काँकरभिट्टा बसपार्क विगत केही बर्षयता अस्तव्यस्त छ ।
बसपार्क अस्तव्यस्त हुँदा सर्वसाधारणले सास्ती व्यहोर्न बाध्य भइरहेको भन्दै त्यसको समाधानका लागि नगरपालिकाले पहल थालेको मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीले बताए ।
शनिबार मेयर बुढाथोकीको नेतृत्वमा उपप्रमुख मीना पोखरेल उप्रेती, निवर्तमान प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, पूर्वी बस व्यवसायी प्रालिका अध्यक्ष बिष्णु श्रेष्ठ, काँकरभिट्टा ट्राफिक प्रहरी पोष्टका प्रमुख लीला श्रेष्ठ लगायतको टोलीले काँकरभिट्टा बसपार्क अनुगमन गर्नुका साथै समस्या समाधान सम्बन्धि अन्तरक्रिया गरेको छ ।
Discussion about this post