मेचीनगर, ७ माघ । झापामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडीओ) आएका छन् ।
गृह मन्त्रालयले शुक्रवार गरेको निर्णय अनुसार झापाको प्रजिअमा शिवराम पोखरेल आउने भएका हुन् ।
उनी गृह मन्त्रालयमा सहसचिव थिए ।
विराटनगर निवासी उनले यसअघि पाँचथर र मोरङ जिल्लाको स्थानीय विकास अधिकारी पदमा जिम्मेवारी सम्हालिसकेका छन् । तर, झापामा भने उनी पहिलोपटक जिम्मेवारी सम्हाल्न आउँदै छन् ।
झापाका प्रजिअ छविराज रिजाल तनहुँको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् ।
Discussion about this post