बिर्तामोड, १९ माघ । प्रेस चौतारी नेपाल झापाले जिल्लाका अग्रज पत्रकारमध्ये पाँच जनालाई सम्मान र एक जनालाई अभिनन्दन गर्ने भएको छ ।
विहीबार बिर्तामोडमा प्रेस चौतारी झापाको वैठकले त्यस्तो निर्णय गरेको छ ।
चौतारीका जिल्ला इञ्चार्ज सन्तोष आचार्य र जिल्ला अध्यक्ष मनकुमार गदालले आज प्रेस विज्ञप्ति जारी गरेर सो जानकारी गराएको हो ।
विज्ञप्तिका अनुसार प्रेस चौतारी झापाका प्रथम अध्यक्ष नेत्र पाठकलाई अभिनन्दन र अग्रज पत्रकारहरु नकुल काजी, गोविन्दचन्द क्षेत्री, केशव आचार्य, माधव विद्रोही र स्व.माया पकुवाललाई सम्मान गर्ने भएको छ । स्व.पकुवाललाई मरणोप्रान्त सम्मान गर्ने निर्णय भएको छ ।
झापाको पत्रकारिता क्षेत्रलाई उचाईमा पुर्याउन योगदान पुर्याए वापत उनीरुलाई सम्मान र अभिनन्दन गर्न लागिएको चौतारी झापाले जनाएको छ ।
उनीहरुलाई चौतारीको २५औं स्थापना दिवसको अवसर पारेर यही माघ २१ गते बिर्तामोड स्थित हेवनपार्कमा आयोजना हुने समारोमा सम्मान गरिने चौतारीका जिल्ला सचिव प्रकाश पौडेलले बताए ।
समारोहमा प्रमुख अतिथिको रुपमा प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कार्की आउने छन् ।
Discussion about this post