२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

औद्योगिक महोत्सव सफल बनाउन दलहरुको प्रतिवद्धता

माघ २४, २०७९, ९:१० .मङ्लबार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २४ माघ । बिर्तामोडमा आगामी फागुन ५ गतेदेखि सुरु हुने अन्तराष्ट्रिय औद्योगिक महोत्सव सफल बनाउन बिर्तामोडका राजनीतिक दलहरुले प्रतिवद्धता जनाएका छन् ।

नगर क्षेत्रभित्र क्रियाशील राजनीतिक दलहरु र महोत्सव आयोजक बिर्तामोड उद्योग वाणिज्य संघबीच भएको छलफलमा दलका नेता तथा प्रतिनिधिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

उनीहरुले बिर्तामोडमा हुने सबैखाले गतिविधिको हिस्सेदार राजनीतिक दल नै भएको उल्लेख गर्दै महोत्सव सफल बनाउन आफूहरुको दायित्व उत्तिकै र जिम्मेवारी पूरा गर्न प्रतिवद्ध रहेको बताए ।

कोभिडले उब्जाएको आर्थिक समस्याबाट निरास भएका व्यवसायीलाई उत्साह थप्नका लागि भएपनि महोत्सवलाई अब्वसरका रुपमा हेरिनु पर्नेमा उनीहरुको जोड थियो ।

कार्यक्रममा सहभागी मध्ये नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौलाले नगरलाई राम्रो बनाउन र व्यवसायिक सफलताका लागि दलले भूमिका खेल्नु पर्ने दायित्व भएको उल्लेख गर्दै आयोजकको अपेक्षा पनि स्पष्ट रुपमा आउनु पर्ने बताए ।

यता नेकपा एमालेका नगर अध्यक्ष सुवाश भट्टराईले चुनौतिलाई पार गरेर नै अवसर खोज्नु पर्ने धारणा राख्दै सुखी नेपाली र समृद्ध नेपाल बनाउनका लागि पनि निजी क्षेत्र समृद्ध हुनुपर्ने बताए ।

नेकपा माओवादीका नगर अध्यक्ष मोहन सुब्बाले उद्योग वाणिज्य संघ र व्यपारीको गरिमा उच्च हुँदा नगर र राजनीतिक दलको पनि शिर उच्च हुने बताउँदै पार्टीको तर्फबाट महोत्सव सफल बनाउन पूर्ण साथ रहने बताए ।

राप्रपा नगर अध्यक्ष रञ्जु प्याकुरेलले महोत्सव स्थलमा सुरक्षा व्यवस्था मजवुद बनाउनु पर्ने बताउँदै स्थानीय उत्पादन, भेषभूषा र पहिचान झल्कने स्टलहरुलाई प्राथमिकता दिनु पर्ने बताइन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य अर्जुन उप्रेतीले आर्थिक अवस्था खस्किएको समयमा पनि महोत्सव लगाउने आँट गर्नु नै ठूलो कुरा भएको बताउँदै मेलाबाट भएको आम्दानीलाई उत्पादन मूलक काममा लगाउनु पर्ने बताए ।

जनता समाजवादी पार्टीका नगर अध्यक्ष उदय गुरुङले सांस्कृतिक पहिचान झल्काउने स्टलहरुलाई छुट दिनु पर्ने बताए । नेकपा एकीकृत समाजवादीका बिर्तामोड नगर अध्यक्ष श्रीप्रसाद सिटौलाले मेलाको प्रचार प्रसारमा बढी जोड दिनु पर्ने बताए ।

यता मेला आयोजक समितिका तर्फबाट मेला ब्यवस्थापक ललित सिम्खडाले अन्यत्र आयोजना गरिएका व्यापारिक मेलामा स्थानीय सरकारले आर्थिक सहयोग गर्ने गरेको उल्लेख गर्दै त्यसका लागि नगर क्षेत्र भित्र क्रियाशील राजनीतिक दलले स्थानीय सरकारको ध्यानाकर्षण गराउनु पर्ने बताए ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष कुमार भट्टराईले ओलाङ्चुङ गोलादेखि भारतसहितका मुलुकमा व्यापारिक सम्वन्ध जोड्न बिर्तामोड महोत्सवले महत्वपूर्ण भूमिका रहने बताए ।

मेला आयोजक समितिका संयोजक राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव कुशल खतिवडाले गरेका थिए ।

पछिल्लो समाचार

थारू समुदायलाई आरक्षण दिन सर्वोच्चको आदेश

अघिल्लो समाचार

एमाले नेता देवकुमार राईको स्वास्थ्यमा सुधार

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.