मेचीनगर, २४ माघ । अस्वस्थ भई अस्पताल भर्ना भएका नेकपा एमालेका जिल्ला कमिटी सदस्य एवम् मेचीनगरका पूर्व इञ्चार्ज देवकुमार राईको स्वास्थ्यमा सुधार आएको छ ।
लिभर सुन्निने र उच्च रक्तचापको समस्या बढेपछि उनलाई बिर्तामोडको मनमोहन सामुदायिक अस्पतालमा केही दिनअघि भर्ना गरिएको थियो ।
एमाले मेचीनगर अध्यक्ष राजु पोखरेलले उपचारपछि उनको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको र पर्सीसम्म डिस्चार्ज हुने जानकारी दिए ।
अस्पतालका निर्देशक रोमणि भट्टराईले उनको लिभर सुन्निएको र प्रेसर बढेको जानकारी दिँदै उपचारपछि स्वास्थ्य राम्रो हुँदै गएको बताए ।
अस्पतालमा भर्ना भएका बेला मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी लगायतका नेताहरुले उनको स्वास्थ्य अवस्था र उपचारका बारेमा जानकारी लिएका थिए ।
Discussion about this post