१४ आश्विन २०८०, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

नगरपालिकाले दियो भद्रपुर झापा गोल्डकपलाई ३० लाख

फाल्गुन ४, २०७९, ५:१३ .बिहिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भद्रपुर, ४ फागुन । भद्रपुर नगरपालिकाले भद्रपुर झापा गोल्डकपलाई ३० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

बुधवार भद्रपुर नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख गणेश पोखरेलले भद्रपुर झापा गोल्डकप आयोजक समितिका अध्यक्ष दीपेश ढकाललाई नगरपालिकाले अनुदान बापत उपलब्ध गराएको ३० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

नगरपालिकाको ११औँ नगर सभाबाट पारित नीति तथा कार्यक्रम र बजेट अन्तरगत भद्रपुर झापा गोल्डकप प्रतियोगिता सञ्चालन गर्न खेलकुद विकास शीर्षकमा विनियोजित रकममध्ये कार्यपालिकाको माघ २० गतेको निर्णयअनुसार अनुदान बापत सो रकम उपलब्ध गराएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले बताए ।

सोही अनुसार दुवै पक्षबीच भएको सम्झौतामा प्रथम पक्ष नगरपालिकाले एकमुष्ट सो रकम उपलब्ध गराउने र गोल्डकप सञ्चालन गर्ने खेल अवधिभर कार्यालयको तर्फबाट अनुगमन, निरीक्षण तथा आवश्यक सहयोग र समन्वय गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै दोस्रो पक्ष गोल्डकप आयोजक समितिले प्रतियोगिता सम्पन्न भएपछि संस्थाले आर्थिक वर्ष सम्पन्न भएको तीन महिनाभित्र लेखा परीक्षण गराई, लेखा परीक्षण प्रतिवेदन नगरपालिकामा पेश गर्नुपर्ने, समितिले गोल्डकप कार्य सम्पन्न तथा प्रगति प्रतिवेदन पेश गर्नुपर्ने, गोल्डकपले पेश गरिएको प्रस्तावना बमोजिमको शीर्षकहरूमा मात्र खर्च गर्नुपर्ने र लेखा परीक्षणमा यस नगरपालिकाबाट उपलब्ध गराइएको शीर्षकमा नगरपालिको योगदान उल्लेखसहित महालेखा परीक्षकले लेखा र श्रेस्ता हेर्न चाहेमा उपलब्ध गराउनु पर्ने पत्रमा उल्लेख गरिएको छ ।

सो सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रेग्मी, लेखा अधिकृत सुवास भट्टराई र आयोजक समितिका तर्फबाट अध्यक्ष ढकाल र महासचिव जीवनकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा नगर प्रमुख पोखरेलले नगरभित्र रहेको मेची रंगशाला ओझेलमा परेकोले यसलाई पुनर्जीवन दिन अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता सञ्चालन गर्नुपछि भनी नगर सभाबाटै पारित गरिएको बताए ।

त्यसपछि यहाँका उद्योगी, व्यवसायी, बुद्धिजीवी, खेल प्रेमी, नागरिक समाजसँग छलफल गरी दीपेश ढकालको अध्यक्षतामा आयोजक समिति गठन गरिएको बताउँदै उनले भने, ‘आयोजक समितिले उत्कृष्ट काम गरी गोल्डकपलाई सभ्य र भव्य रुपमा सञ्चालन गर्ने चरणमा पुगिसकेकोले नगरपालिकाको तर्फबाट धन्यवाद दिन चाहन्छु ।’

त्यस्तै गोल्डकप आयोजक समितिका अध्यक्ष ढकालका अनुसार नगरपालिकाले ३० लाख रुपैयाँ बजेट नछुट्टाएको भए गोल्डकप सञ्चालन गर्न आयोजक समितिलाई कठिनाइ हुने थियो । नगरपालिकाकी उपप्रमुख राधा कार्की लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षा शाखाका योगेन्द्र पौडेलले गरेका थिए ।

यही फागुन ७ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा भारत, भुटान र बंगलादेश गरी १० वटा टिमको सहभागिता रहेको छ ।

पछिल्लो समाचार

घाइते सांसद भण्डारीलाई भारत लगियो

अघिल्लो समाचार

सभामुख र उपसभामुखलाई गृह जिल्लामा सम्मान

Related Posts

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी
banner -1

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी

अशोज १४, २०८०, ६:५१ .आइतवार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -2

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

अशोज १४, २०८०, ५:३० .आइतवार
नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल
banner

नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल

अशोज १४, २०८०, ५:१२ .आइतवार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -1

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

अशोज १४, २०८०, ७:१३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In