२० मंसिर २०८०, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बिर्तामोड महोत्सव

जुम्लेली अग्र्यानिक खाद्यवस्तुमा आकर्षण

फाल्गुन ७, २०७९, ७:५२ .आइतवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, ७ फागुन । फागुन ५ गतेदेखि सुरु भएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा अवलोकनकर्ताको संख्या बढ्दै गएको छ ।

महोत्सवमा विभिन्न प्रकारका आर्थिक कारोबारले समेत तीव्रता पाएको जनाइएको छ । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको ११ दिने अन्तर्राष्ट्रिय महोत्सवमा झापासहित इलाम, पाँचथर, ताप्लेजुङ तथा मोरङ र सुनसरीका अवलोकन कर्ताहरुको संख्या बढेको जनाइएको छ ।

महोत्सवलाई थप आकर्षक बनाउन विभिन्न सहुलियत योजना समेत ल्याइएको छ । महोत्सवमा एक रुपैयाँमा चिया पिउन पाइन्छ भने जुम्लाको मार्सी चामलदेखि दलनका सामानहरु समेत सुपथ मूल्यमा पाइने गरेको छ । जुम्लाको सिज्जाबाट महोत्सवमा सहभागी बनेकी गोमा बुढाले सञ्चालन गरेको देउती अग्र्यानिक स्टलमा ग्राहकको भिड लाग्ने गरेको छ ।

पश्चिम नेपालको जुम्लामा उत्पादन भएका खाद्यवस्तुको स्टलमा जौको चामल, मकैको चामल, फापरको चामल, भुटेको र काँचो मकै, मार्सी चामल, कालो जुम्लेली चामल, रातो दाल, कालो दाल मात्र नभई कोदोको पिठो, फापरको पिठो पाइन्छ भने दालमा हाल्ने जुम्लेली जिम्मो पाइने बुढाले बताइन् । उनले भनिन्– ‘पहिलो पटक झापाको बिर्तामोडमा सुरु भएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा आएको छु, यहाँ मैले पश्चिम नेपालको अग्र्यानिक खाद्यवस्तुको स्टल राखेको छु ।’

पश्चिम नेपालमा आठ महिनामा मात्रै खाद्यवस्तु पाक्ने गरेकाले पोषणको हिसाबले पनि यी खाद्यवस्तु राम्रो भएको बुढाले दाबी गरिन् । महोत्सवमा आउने अवलोकनकर्ताले अधिकतम् तीन सय ५० रुपैयाँमा आफ्ना सामानहरु किन्न सक्ने उनको भनाइ छ । काठमाडौंमा प्याकेजिङ गरेर ल्याइएका सामग्री अग्र्यानिक भएको र कतै मिसावट नभएको उनले बताइन् ।

पछिल्लो समय अग्र्यानिक खाद्यान्नमा आकर्षण बढिरहेका बेला जुम्लाबाट बुढाले ल्याएका खाद्य सामग्री खरिद गर्न उपभोक्ताको भिड नै लाग्ने गरेको छ । कतिपयले मिसावट भएको आशंका गरेको प्रति खिन्नता प्रकट गर्दै उनले भनिन्– ‘जुम्लेली खाद्यवस्तुमा कुनै मिसावट भए फिर्ता गर्न सक्नुहुन्छ ।’ बजारमा पाइने मिसावटजन्य खाद्यवस्तुभन्दा महोत्सवमा आफूले राखेको स्टलमा अग्र्यानिक वस्तु पाइने उनले दाबी समेत गरिन् ।

११ दिनसम्म सञ्चालन हुने महोत्सवमा भारत, पाकिस्तान र बंगलादेशका व्यवसायीहरुको समेत सहभागिता रहेको छ । महोत्सवमा विभिन्न खाद्यवस्तु, मनोरञ्जनका साधनका साथै सवारीसाधनको समेत सुपथ मूल्यमा खरिद बिक्री भइरहेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए ।

उनले एकै स्थानमा सबै प्रकारका वस्तु खरिद–बिक्रीका साथै जानकारी पाउने भएकाले सबैलाई एकपटक महोत्सवको अवलोकन गर्न अनुरोध समेत गरेका छन् । महोत्सवमा सुरक्षा व्यवस्था भरपुर बनाइएकाले ढुक्क भएर अवलोकन गर्न महोत्सव मूल आयोजक समितिका संयोजक एवम् बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले आग्रह गरे ।
हरेक साँझ हुने सांगीतिक कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको सहभागिता रहेकाले महोत्सवको अवलोकन गर्न सबैलाई अनुरोध समेत गरिएको छ ।

यसैबीच महोत्सवमा एक किलो थकाली चामल खरिद गरेमा ग्राहकलाई निशुल्क भोजनका साथै आकर्षक पुरस्कारका लागि लक्की–ड्र को समेत व्यवस्था गरेर महोत्सवलाई थप आकर्षक बनाइएको छ ।

पछिल्लो समाचार

भद्रपुर झापा गोल्डकप : भद्रपुर ब्लेजर्स विजयी

अघिल्लो समाचार

व्यापार प्रवद्धनका लागि महासंघको टोली दुवई

Related Posts

मेचीनगरमा विषालु वनस्पति मास्ने अभियान
banner

मेचीनगरमा विषालु वनस्पति मास्ने अभियान

मंसिर १७, २०८०, ८:२८ .आइतवार
पत्रकार पुरीसहित ८ जना सम्मानित
box -3

पत्रकार पुरीसहित ८ जना सम्मानित

मंसिर १६, २०८०, ९:३४ .शनिबार
हिन्दु सनातन धर्म सबैको साझा धर्म : उपसभामुख राना
banner -2

हिन्दु सनातन धर्म सबैको साझा धर्म : उपसभामुख राना

मंसिर १५, २०८०, ९:४७ .शुक्रबार
महापुराण सुरू हुनु अघि नै १५ लाख घाेषणा 
banner

महापुराण सुरू हुनु अघि नै १५ लाख घाेषणा 

मंसिर १४, २०८०, ७:०४ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In