बिर्तामोड, ९ फागुन । बिर्तामोडका एक जना युवाले मंगलवार अपरान्ह मुक्तिचोकमा आत्मदाहको प्रयास गरेका छन् ।
शरीरमा पेट्रोल खन्याएर विजय चौधरी नामका युवाले आफ्नै शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ ।
झापा प्रहरीका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले घटनापछि चौधरीलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको बताए । प्रहरी र स्थानीयले आगो निभाएर उनलाई अटोमा हालेर अस्पताल लगेका हुन् ।
प्रहरीका अनुसार चौधरी बिर्तामोड–७ का बासिन्दा हुन् । उनको शरीरको पछाडिको भाग जलेको छ । उनको अवस्था भने सामान्य छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले आत्मदाह प्रयासको कारण खुलिनसकेको बताए । अनुसन्धान भइरहेको प्रहरकिो भनाई छ ।




Discussion about this post