४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बिर्तामोड व्यापार महोत्सव

जातीय सांस्कृतिक झलकको स्टलले विशेष महत्व

फाल्गुन ९, २०७९, ३:५५ .मङ्लबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

झापा, ९ फागुन । बिर्तामोडमा सञ्चालित अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा विभिन्न जातीय सांस्कृतिक झलकले विशेष महत्व पाएको छ ।

व्यवसायिक स्टलका अलावा जातीय संस्कृति झल्कने स्टलहरु समेत महोत्सवमा राखिएका छन् । नेपाल आदिवासी जनजाति महासंघसँगको समन्वयमा महोत्सवमा स्टल राखिएका हुन् ।

महोत्सव स्थलमा थारु, राजवंशी, दनुवार, नेवार लगायतका कला संस्कृति झल्कने प्रतिकात्मक स्वरुपमा स्टल राखिएको नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले बताउनुभयो । त्यस बाहेक प्रत्येक दिन विभिन्न जात–जातिका औपचारिक कार्यक्रम सम्पन्न हुँदै आएका छन् ।

गत फागुन ५ गतेदेखि सञ्चालनमा आएको महोत्सव स्थलमा मंगलवार नेवार समुदायले जातीय पहिचान झल्कने विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।

नेवार समुदायको लाखे नाच, धिमे वाजासहित जातीय पोशाकमा महोत्सव स्थलमा पुगेका उनीहरुले औपचारिक कार्यक्रममार्फत महोत्सव सफलताको शुभकामना दिए । यसअघि सोमवार राजवंशी समुदायका अगुवा नेता र कलाकारहरुको उपस्थितिमा उक्त कार्यक्रम भएको थियो ।

प्रत्येक दिन फरक–फरक जातीका अगुवा नेता तथा कलाकर्मीहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम हुँदै आएको महोत्सव आयोजक समितिका सचिव कुशल खतिवडाले बताउनुभयो ।

महोत्सव स्थलमा विभिन्न कृषि उपजका स्टलहरु समेत समावेश छन् । प्रदेश सरकार कृषि मन्त्रालयको सहयोगमा फलफूल र कृषि उपजका पाँच पाँच वटा स्टल राखिएको मन्त्रालयका सचिव मेघनाथ तिमिल्सिनाले बताउनुभयो । सचिव तिमिल्सिनाको नेतृत्वमा आएको मन्त्रालयको टोलीले मंगलवार महोत्सव स्थल अवलोकन गरेको छ ।

फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा प्रत्येक साँझ सुप्रशिद्ध राष्ट्रिय कलाकारहरुको सांङ्गितिक प्रस्तुति रहँदै आएको छ । साङ्गितिक प्रस्तुतिमा मनोरञ्जन लिन उल्लेख्य संख्यामा दर्शकहरुको उपस्थिति रहँदै आएको समितिका संयोजक राजु न्यौपानेले बताउनुभयो ।

महोत्सवमा मनोरञ्जनका लागि राखिएका खेल सामग्रीले महोत्सवको रौनकता बढाएको बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताउनुभयो । मेलामा नेपालकै अग्लो रोटेपिङ राखिएको छ । त्यसवाहेक महोत्सव स्थलमा आकर्षक प्रवेशद्वारा, बृज खलिफा, धरहरामा सेल्फी खिच्नेहरको भीड लाग्ने गरेको छ ।

पछिल्लो समाचार

बैंकहरुलाई कारबाही गर्ने विप्लव समूहको चेतावनी

अघिल्लो समाचार

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढ्ने संकेत

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.