झापा, १० फागुन । झापा जिल्ला अदालतले बिर्तामोडको बीएन्डसी टिचिङ हस्पिटलको पक्षमा अन्तरकालीन आदेश जारी गरेको छ ।
अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईले सुरुको करार भन्दा विपरीत बैंकको व्याज र किस्ता तिर्नु नपर्ने भनेको छ ।
बीएन्डसी हस्पिटलका कार्यकारी प्रमुख डा. निराजन प्रसाईंले बैंकले करारको प्रकृति अनुसार नगरेको भन्दै अदालतमा मुद्दा हालेका थिए ।
अदालतले निवेदकको माग बमोजिम अन्तरकालीन आदेश जारी गर्दै तत्काल साँवा–ब्याज र किस्ता असुली नगर्न भनेको छ ।
जिल्ला न्यायाधीश अशोककुमार बस्नेतले उक्त आदेश गरेका हुन् । यो आदेश गत माघ ९ गते जारी गरेको हो ।
यो मुद्धामा बादी बीएन्डसी हस्पिटल र प्रतिबादी ग्लोबल आइएमई बैंक रहेको छ । आदेशमा मुद्धाको पूर्ण सुनुवाई नभएसम्म कुनै पनि व्याज र साँवाको किस्ता बुझाउनु नपर्ने उल्लेख छ ।
सुरुको करारमा एमबीबीएस पढाउने अनुमति पाएपछि मात्र बैंकले ब्याजलाई पूँजीकृत गर्न पाउने र किस्ता असुल गर्ने उल्लेख भएको भन्दै निवेदक प्रसाईले सो करार विपरीत बैंकले असुलीका लागि पत्र पठाएको र कालो सूचीमा राख्ने चेतावनी दिएका थियो ।
Discussion about this post