२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

हातेमालो वनको साधारणसभा

प्रहरीको सुरक्षा घेरामा साधारण सभा, उपभोक्ताको विरोध

फाल्गुन १०, २०७९, ३:१९ .बुधबार
0
0
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।। 

चारआली, १० फागुन । मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समूहको नवौँ बार्षिक साधारण सभाको उद्घाटन सत्र प्रहरीको कडा सुरक्षा घेराबीच सम्पन्न भएको छ ।

बुधवार वन समूहको कार्यालय परिसरमा सम्पन्न खुल्ला सत्रको प्रमुख आतिथ्यता सामुदायिक वन महासंघ झापाका अध्यक्ष वेदप्रसाद भण्डारी थिए । उहाँले फुलको गमलामा पानी हालेर उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि भण्डारी, जिल्ला समन्वय समिति झापाकी सदस्य तुलसा बराल, नेकपा एमाले मेचीनगर–१३ का अध्यक्ष भोजराज पराजुली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । करिव ५० जना नेपाल प्रहरीका सुरक्षाकर्मीहरुले कार्यक्रम स्थलमा घेरा हालेर सुरक्षा दिएका थिए ।

कार्यक्रम चलिरहेको थियो । यता विरोध पनि भइरहेको अवस्था थियो । वक्ताहरुले बोलिरहदा ‘ख’ समूहका उपभोक्ताहरुले मञ्चतिर पानीको खाली बोतल फ्याकिरहेका थिए भने साउण्ड बक्स खोसेर फ्याक्ने प्रयास समेत गरिरहनु भएको थियो ।

उपभोक्ताहरुले समान अधिकार कायम गर, कोहि पाँखा, कोहि काँखा किन ? लगायतका नारासहित प्लेकार्ड बोकेर कार्यक्रम स्थलमा विरोध गर्नु भएको थियो । साधारण सभामा मेचीनगर–१३ र १४ का उपभोक्ताहरुको सहभागिता रहेको थियो । वनमा ‘क’ र ‘ख’ समूह छुट्टाइएको छ ।

‘क’ समूहका उपभोक्ताले मात्र कार्यसमितिमा बस्न पाउने अधिकार रहेको र ‘ख’ समूहका उपभोक्तालाई विभेद गरेको भन्दै कार्यक्रमभरी नारा जुलुस गरिरहेका थिए । ‘ख’ समूहका उपभोक्ता प्रायः वडा नम्बर १४ का छन् । ‘क’ समूहमा वडा नम्बर १३ का उपभोक्ता बढी रहेको आयोजकको भनाई छ ।

प्रहरी झडप हुने सम्भावना देखेर तयारी अवस्थामा थिए । आयोजक र विपक्षीहरुलाई सम्झाउने प्रयास प्रहरीले गरिरहेको थियो । नारा जुलुसकाबीच उद्घाटन सत्र सम्पन्न भएको थियो । कार्यक्रम चलिरहँदा बेलाबेला झडप हुने स्थिति रहेको थियो ।

क’ र ‘ख’ समूहका उपभोक्ताका प्रतिनिधि, मेचीनगर नगरपालिकाका प्रमुख लगायतका व्यक्तिहरु बसेर सहमति गरेपछि मात्र बन्दसत्र गर्ने गरी उद्घाटन सत्र सम्पन्न भएको थियो ।

हातेमालो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रप्रसाद सिग्देलले विरोधकाबीच अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
समूहका उपाध्यक्ष विश्वनाथ धितालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विमला मिश्रले गर्नु भएको थियो ।

‘वनको विधान अनुसार ‘क’ समूहका उपभोक्ताले मात्र कार्यसमितिमा बस्न पाउने अधिकार रहेको छ ।’ अध्यक्ष सिग्देलले भन्नुभयो–‘उच्चस्तरीय सहमतिपछि विधान संशोधन गर्न सकिन्छ । त्यसका लागि तीन महिनाभित्र बन्दसत्र गर्छौँ ।’

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले उपभोक्ताले विरोध गरेपछि आयोजकलाई साधारण सभाको उद्घाटन सत्रमात्र गरेर कार्यक्रम रोक्न अनुरोध गर्नु भएको अध्यक्ष सिग्देलले जानकारी गराउनु भएको थियो ।

वनको विधानले ‘ख’ समूहका उपभोक्तालाई ‘क’ समूहको समान अधिकार नदिएकोमा विरोध गरिएको संघर्ष समितिका संयोजक एवम् ‘ख’ समूहका उपभोक्ता जीवन प्रसाईले बताउनु भयो ।

पछिल्लो समाचार

मछिन्द्र क्लब सेमिफाइनलमा

अघिल्लो समाचार

त्रिभुवन आर्मी सेमिफाइनलमा

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.