धुलाबारी, १४ फागुन । धुलाबारी खानेपानी उपभोक्ता समितिले एनएमवी बैंकको सहयोगमा आफ्नो सेवा क्षेत्र भित्रका सामुदायिक विद्यालयहरुमा डस्टबिन र हातधुने साबुन वितरण गरेको छ ।
आइतबार समितिले एनएमवी बैंकको सहयोगमा धुलाबारी माविलाई २० थान, हरि आधारभूत विद्यालय मेचीनगरलाई १० थान, कवि शिरोमणि माविलाई १५ थान, भानु आधारभूतलाई १० थान, महानन्द प्राविलाई १० थान, डिगन जनज्योती प्राविलाई ५ थान, ज्यामिरगढी माविलाई १० थान डस्टबिन र हातधुने साबुन वितरण गरिएको समितिका उपाध्यक्ष चेतन विष्टले बताए ।
त्यस्तै धुलाबारी क्याम्पसलाई १० थान र शिशु साक्षर आधारभुत विद्यालयलाई १० थान सो सामाग्री वितरण गरिएको उनले जानकारी दिए ।




Discussion about this post