झापा, १८ फागुन । कानकाई नगरपालिका–३ स्थित राजमार्गमा कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
विहीबार बेलुका ७ बजे बा.१८च २२४७ नम्बरको कारले बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिँदा घाइते भएकी पैदल यात्री कनकाई–३ कि ३६ बर्षीया सावित्रादेवी भण्डारीलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्याउन साथ मृत्यु भएको हो ।
ठक्कर दिने कार र चालक कमल गाउँपालिका–६ का नित्यानन्द ताजपुरीयालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रमा लिई अनुसन्धान गरिरहेको छ ।
Discussion about this post