मेचीनगर, १८ फागुन । कनकाई–३ र बिर्तामोड नगरपालिका–४ बाट प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधवार इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा शिवसताक्षी नगरपालिका–८ का २६ बर्षीय मदन बिश्वकर्मा र कनकाई नगरपालिका–४ का ४१ बर्षीय बासुदेव भेटवाललाई २ ग्राम ३६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–४ मा संकास्पद अवस्थामा बसीरहेका राजबिराज नगरपालिका–७ सप्तरीका ३५ बर्षीय मो. नसिम र सखुवा नकरकट्टी गाउँपालिका–२ सिरहाका २० बर्षीय शिवशंकर यादबलाई चेक जाँच गर्दा उनीहरुको साथबाट १२ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।
ब्राउन सुगर बरामद भएसँगै उनीहरुले प्रयोग गरेको स.६ प ५६११ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको थियो । पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Discussion about this post