७ माघ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

इण्डो–नेपाल भेट्रान फुटबल

काँकरभिट्टामा नेपाल–भारतका पूर्व राष्ट्रिय खेलाडीहरु खेल्ने

फाल्गुन २४, २०७९, ३:२१ .बुधबार
0
0
0
SHARES
154
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २४ फागुन । शनिबारदेखि काँकरभिट्टामा हुने सेभेन हर्सेस इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगितामा नेपाल र भारतका चर्चित पूर्व राष्ट्रिय खेलाडीहरु मैदानमा उत्रिने भएका छन् ।

यही फागुन २७ देखि चैत ६ गतेसम्म काँकरभिट्टा भेट्रान फुटबल क्लबले आयोजना गर्न लागेको इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगितामा नेपाल र भारतका चर्चित पूर्व राष्ट्रिय खेलाडीहरु खेल्ने भएका हुन् ।

क्लबले बुधबार पत्रकार सम्मेलन गरेर तेस्रो संस्करणका विषयमा जानकारी गराएको छ । नेपालका चर्चित पूर्व राष्ट्रिय खेलाडीहरु सञ्जीव बुढाथोकी, विष्णु सुनुवार, राजकुमार घिसिङ लगायतका खेलाडीहरु खेल्ने भएका छन् ।

यता भारतका पूर्व राष्ट्रिय खेलाडीहरु राजन गोले, शरद तामाङ, रमेश राई लगायत मोहन वगान, कोलकाताबाट खेल्ने पूर्व राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष गंगालाल गुरुङले बताए ।

पत्रकार सम्मेलनमा प्रतियोगितामा भारतका ४ सहित १० वटा टिमको सहभागिता रहने जनाएको छ । प्रतियोगितामा झापाको २ वटा टिम, सुनसरी, मोरङ, बुटवल, काठमाडौं तथा भारतको दार्जिलिङ, सिलिगुडी, कोलकाता र आसाम भेट्रान क्लब सहभागी हुने छन् ।

क्लबले यसअघि २०७२ र २०७४ मा प्रतियोगिता आयोजना गरेको थियो । तेस्रो संस्करणको प्रतियोगिता कोभिड–१९ का कारण ढिला भएको आयोजक अध्यक्ष गुरुङले बताए ।

प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा बिर्तामोड स्थित किङ्गसबेरी होटलको सेभेन हर्सेस क्यासिनो रहेको छ । सहआयोजकमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र संरक्षकमा मेचीनगर नगरपालिका रहेको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार २ लाख र दोस्रो पुरस्कारको राशी १ लाख रहेको छ । प्रथम पुरस्कार मुख्य प्रायोजक र दोस्रो पुरस्कार काँकरभिट्टाका उद्यमी एवम् समाजसेवी सजित तामाङले प्रदान गर्ने भएको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, झापा जिल्ला फुटबल संघ अध्यक्ष भगिरथ आले (मामा), क्लबका सल्लाहकार झापा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष शंकर थापा, क्लबका उपाध्यक्ष राजु पौडेल लगायतले धारणा राखेका थिए ।

क्लबका अध्यक्ष गंगालाल गुरुङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन महासचिव शेरबहादुर बस्नेत (सुन्दर)ले गरेका थिए ।

पछिल्लो समाचार

प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता

अघिल्लो समाचार

राष्ट्रपतिमा पौडेल कि नेम्बाङ ?

Related Posts

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी दर्ता
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार
ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा
banner

ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा

माघ ५, २०८२, ११:४९ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.