४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एनएमसीको ३०औँ स्थापना दिवस

फाल्गुन २५, २०७९, १२:५८ .बिहिबार
0
0
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २५ फागुन । कोशी प्रदेशका तीनवटा जिल्लामा विस्तारित झापाको मेचीनगर–६ मा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले बुधवार आफ्नो ३० औँ स्थापना दिवस मनाएको छ ।

संस्थाका सबै वित्तीय सेवा केन्द्रहरु, कृषि फर्म, डेरी उद्योग, सहकारी पसलहरु एवम् चिया उद्योगहरुमा दिउँसो २ बजेदेखि ४ बजेसम्म एकसाथ वार्षिकोत्सव सहितको स्थापना दिवस मनाइएको हो ।

०५० साल फागुन २४ गते तत्कालीन काँकरभिट्टा गाविसको एउटा वडालाई कार्यक्षेत्र बनाएर २६ जनाद्वारा स्थापित संस्थामा १ लाख ४५ हजार भन्दा बढी सदस्यहरु आवद्ध छन् ।

नेपालकै अग्रणी सहकारी संस्थाको पहिचान बनाएको एनएमसीले हाल पाँचवटा अलग व्यवसायहरु सञ्चालन गरेर बहुउद्देश्यीय संस्थाको गरीमालाई फराकिलो बनाउँदै लगेको अध्यक्ष रामचन्द्र उप्रेतीले बताए ।

बिर्तामोड सेवा केन्द्रमा आयोजित वार्षिकोत्सव समारोहका केन्द्रीय प्रतिनिधि, संस्थाका संस्थापक अध्यक्ष उप्रेतीले ३० वर्षको अन्तरलमा एनएमसी सबै हिसाबले सक्षम भइसकेको बताए । एनएमसीले सदस्यबाट जम्मा भएको निक्षेप र सेयर रकम सदस्यमाझ नै कर्जा लगानी गरेको बताउँदै अध्यक्ष उप्रेतीले सदस्यहरुले फिर्ता लिन चाहेको निक्षेप रकम भुक्तानी गर्न संस्था सक्षम रहेको पनि प्रष्ट पारेका छन् ।

बिर्तामोड सेवा केन्द्र उपसमितिका संयोजक गोपाल काफ्लेको अध्यक्षतामा आयोजित वार्षिकोत्सव समारोहका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्काले एनएमसीले महिला सदस्यहरु विस्तार गर्न र विभिन्न समितिमा समावेश गर्न चालेका रचनात्मक कदमहरुको प्रशंसा गरेकी थिइन् ।

संस्थाको स्थापना ८ मार्चमा हुनु, सो दिन अन्तर्रारिष्ट्रय नारी दिवस पर्नु र एनएमसीमा ५३ प्रतिशत सदस्य र कर्मचारीहरु महिला हुनु संयोगमात्र नभएको उनको भनाई थियो ।

बिर्तामोड कार्यालयका प्रमुख हरिमाया ओझाले सञ्चालन गरेको वार्षिकोत्सव समारोहमा आमन्त्रित अतिथि तथा सहभागीहरुलाई अपरेशन इन्चार्ज श्रृङ्खला पौडेलले स्वागत गरेकी थिइन् ।

सो कार्यक्रममा बिर्तामोड सहकारी पसलमा धेरै मूल्यको सामग्री खरिद गर्ने चोमप्रसाद ढकाललाई सम्मान गरिएको थियो । एनएमसीमा आवद्ध भएको दिनदेखि आजसम्मका अनुभवहरुलाई इकाई संयोजक सविता खनाल र कार्यालयका कर्मचारी सुरेश राजवंशीले अनुभव मन्तब्य व्यक्त गरेका थिए ।

स्थापना दिवस तथा वार्षिकोत्सव मनाइएका सबै स्थानमा एउटै कार्यसूचिमा कार्यक्रम सञ्चालन गरिएको कर्पोरेट प्रशासन विभाग प्रमुख चेतन शर्माले जानकारी दिए ।

संस्था स्थापनाको दिनदेखि नै एनएमसीले कमल गाउँपालिकाको पाडाजुंगीमा रहेको एक सहकारी संस्थासँग एकीकरण गरी एकीकृत कारोबार तथा सेवा केन्द्र सुरु गरेको छ । अब एनएमसी बचत तथा ऋण व्यवसाय अन्तरगत ५८ वटा सेवा केन्द्रहरु भएका छन् ।

पछिल्लो समाचार

प्रचण्डविरुद्धको रिट श्रेष्ठको इजलासमा

अघिल्लो समाचार

वक्तित्वकलामा होराइजनका प्रवेश दाहाल प्रथम

Related Posts

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
banner -1

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
banner

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार
मेचीनगरमा विकास : जताततै पिचै पिच
banner -2

मेचीनगरमा विकास : जताततै पिचै पिच

असार ३१, २०८२, ७:२४ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.