९ कार्तिक २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

धुलाबारी खानेपानी चुनाव

विरासत जोगाउँने र तोड्नेमा दलहरु

फाल्गुन २९, २०७९, ११:३० .सोमवार
0
0
0
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

धुलाबारी, २९ फागुन । धुलाबारी खानेपानी उपभोक्ता समितिको आगामी चैत १८ गते हुने चुनावका लागि विरासत जोगाउँने वा तोड्नेमा दलहरु जुटेका छन् ।

२०५२ सालमा स्थापना भएको धुलाबारी खानेपानीमा अहिलेसम्म नेपाली कांग्रेसले नेतृत्व गरिरहेको छ । २७ वर्षदेखि कांग्रेसले खानेपानीको बागडोर समालिरहेको छ ।

स्थापना कालका संस्थापक अध्यक्ष राम कट्टेल, त्यसपछि मणिकुमार उप्रेती, छविलाल खतिवडा, बाचाङ नेम्बाङ, इन्द्रबहादुर बुढाथोकी र हालका अध्यक्ष अजय घिमिरे छन् । ३ वर्षे कार्यकाल रहेको खानेपानीमा अध्यक्ष बुढाथोकीले दुई कार्यकाल विताए । यी सबै कांग्रेसबाट अध्यक्षमा विजयी भएका हुन् ।

धुलाबारी खानेपानीमा ५ हजार ७ सय उपभोक्ता छन् । धुलाबारी खानेपानी मेचीनगर–९, १०, ११, १४ र १५ नम्बर वडामा विस्तार भएको छ । सबैभन्दा धेरै उपभोक्ता मेचीनगर–१० मा छन् भने थोरै मेचीनगर–१४ मा रहेका छन् ।

निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, सचिवसहित ११ जना विजयी हुनेछन् । ५ जना मनोनित गर्ने व्यवस्था छ । निवर्तमान अध्यक्ष स्वतः कार्यसमितिमा रहने व्यवस्था रहेको छ । अध्यक्ष बाहेक अन्य पदमा नेकपा एमाले लगायतका दलका उम्मेद्वार विजयी भएपनि २७ वर्षदेखि खानेपानी संस्थाको नेतृत्व कांग्रेसले मात्र गरिरहेको छ ।

यस पटकको लडाइ भने कांग्रेसले आफ्नो विरासत जोगाउन र एमालेले विरासत तोड्नका लागि हुनेछ । खानेपानीको चुनावलाई राजनीतिक दलहरुले अर्थपूर्णरुपमा हेरेका छन् ।

नयाँ नेतृत्व आफ्नो पकडमा पार्न दलहरुले प्रतिष्ठाको विषय बनाएका छन् । निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने निश्चित छ । दुवै पार्टीले नेतृत्व आफ्नो पक्षमा पार्न आन्तरिक तयारी पनि सुरु गरिसकेका छन् ।

तेस्रो ठूलो दल माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा लगायत साना दलहरुले पनि खानेपानी समितिमा जान आन्तरिक गृहकार्य गरेका छन् ।

धुलाबारी खानेपानीमा विशेष गरेर कांग्रेस र एमाले निकट उपभोक्ता बढी छन् । दुवै पार्टी अध्यक्षसहित अन्य पदहरुमा जित्ने दावी गरेर उम्मेदवार छान्ने कसरतमा जुटेका छन् ।

यद्यपि दलहरुलाई उम्मेदवारहरुको नाम फाइनल गर्न सकस परिरहेको छ । एउटै पदमा आकांक्षी धेरै देखिएपछि उम्मेदवार टुंग्याउन निकै कसरत गर्नुपर्ने देखिएको छ ।

उम्मेदवारका विषयमा पार्टीभित्र छलफल व्यापक भइरहेको छ । खानेपानीको निर्वाचनमा सत्ता पक्षधर दलहरु मिलेर जान सक्ने संकेत पनि देखिएको छ । त्यसो हुँदा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा लगायत दलहरु एकातिर र एमाले अन्य दलसँग समिकरण गर्ने सम्भावना छ ।

यसपटक धुलाबारी खानेपानीको अध्यक्षमा कांग्रेसबाट धनकाजी दाहाल खत्रीको नाम चर्चामा छ । उनी वर्तमान खानेपानीको कार्यसमिति सदस्य हुन् । काँग्रेस मेचीनगरका उपसभापतिसमेत रहेका खत्री मेचीनगर–९ निवासी हुन् ।

खानेपानीका वर्तमान अध्यक्ष अजय घिमिरेले पनि इच्छा देखाएको बुझिएको छ । उनले आफ्नो कार्याकालमा आम्दा पछाडिको नयाँ ट्याङ्की बनाएको जस र अन्य धेरै काम गर्न बाँकी रहेकोले पार्टीले सर्वसम्मत गरे पछि नहने दावी गरेका छन् ।

यता एमालेबाट अध्यक्ष पदमा चेतन विष्ट, चन्द्रमणि पौडेल र रचिन्द्र श्रेष्ठको नाम चर्चामा छ । मेचीनगर–१० निवासी श्रेष्ठ खानेपानीको अघिल्लो कार्यसमिति सदस्य हुन् । पौडेल खानेपानीका उपभोक्ता मात्र हुन् भने विष्ट वर्तमान कार्यसमितिका उपाध्यक्ष छन् ।

अध्यक्ष पदमा एमालेबाट पौडेलको नाम अगाडि रहेको पार्टी स्रोतले बताएको छ । विष्ट र श्रेष्ठको नाम पनि उत्तिकै चर्चामा छ । विष्टले पनि अध्यक्ष पदमा पार्टीमा आफ्नो भिजन सहितको दावी पेश गरेका छन् । एमालेले आकांक्षी उम्मेदवारहरुको नाम संकलन गरेर चाँडै टुंग्याउने बताएको छ ।

समितिले उपभोक्तालाई पुस महिना सम्मको महसुल बुझाउन चैत ३ गतेसम्मको म्याद तोकेको छ । सो समय अवधिभित्र महसुल बुझाएका उपभोक्ताले मात्रै मतदानमा सहभागी हुन पाउने अध्यक्ष घिमिरेले बताए ।

पछिल्लो समाचार

राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ

अघिल्लो समाचार

बिर्तामोड क्लब अन्तिम चारमा

Related Posts

कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`
banner -2

कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`

कार्तिक ९, २०८२, १२:५४ .आइतवार
छठ पर्वकाे धमाधम तयारी
box -3

छठ पर्वकाे धमाधम तयारी

कार्तिक ९, २०८२, ७:०८ .आइतवार
झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण
banner -2

झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण

कार्तिक ८, २०८२, ३:०१ .शनिबार
ध्रुबे हात्तीको आक्रमणबाट सैनिकको मृत्यु
banner -1

मेचीनगरमा हात्तीकाे आक्रमणबाट बालक घाइते

कार्तिक ८, २०८२, २:४२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.