मेचीनगर, ५ चैत । इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार फ्रिडम फाइटर काठमाडौँ र बिर्तामोड युनाइटेड झापाबीच प्रतिस्पर्धा हुने भएको छ ।
काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेलमा यी दुई टिमबीच प्रतिस्पर्धा हुने भएको हो ।
फ्रिडम फाइटर काठमाडौँ सेमी फाइनल खेलमा मिलनमोर त्रिवेणी साङ्गालाई हराउँदै फाइनलमा पुगेको हो भने सौभाग्य युवा फुटबल क्लब बुटवललाई पराजित गर्दै बिर्तामोडले फाइनलमा स्थान सुरक्षीत बनाएको थियो ।
काँकरभिट्टा भेट्रान फुटबल क्लबको आयोजना, मेचीनगर नगरपालिका संरक्षक र बिर्तामोड किङ्सबेरी सेभेन हर्सिसको मुख्य प्रायोजन रहेको छ ।
प्रतियोगिताको विजेतालाई नगद २ लाख तथा उपविजेतालाई नगद १ लाख राशिसहितको ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक समितिका महासचिव शेरबहादुर बस्नेत (सुन्दर) ले बताए ।
Discussion about this post