मेचीनगर, ११ चैत । नेपाल शिक्षक संघको कोशी प्रदेश अध्यक्षमा झापाका तेजप्रसाद चौलागाई निर्वाचित भएका छन् ।
शुक्रबार बिराटनगरमा संघको निर्वाचन भएको थियो । अध्यक्षका उम्मेदवार मेचीनगर–१० स्थित धुलाबारी माविका सहायक प्रधानाध्यापक चौलागाई १९० मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
अध्यक्षका प्रतिस्पर्धी धनकुटाका गंगाराम ढुंगानाले १५६ मत मात्र प्राप्त गरेका थिए ।
संघको महासचिवमा मात्रिकाप्रसाद न्यौपाने, बरिष्ठ उपाध्यक्षमा सुरेशकुमार चौधरी र महिला उपाध्यक्षमा राजकुमारी भण्डारी निर्वाचित भएका छन् ।
कूल ४३८ मतदाता रहेको संघको चुनावमा ३४८ मत मात्र खसेको निर्वाचन समितिले जनाएको छ ।
Discussion about this post