२३ बैशाख २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेची सहकारीले बनाईदियो ५७ जना सदस्यलाई घर

चैत्र १२, २०७९, ३:२२ .आइतवार
0
0
0
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

दमक, १२ चैत । लघुवित्तिय संस्था तथा सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको, चर्को व्याज लिएको, त्यसका सञ्चालक नै फरार रहेको जस्ता समस्या देखिएका बेला दमकको एउटा सहकारी संस्थाले सदस्यका लागि बस्ती निर्माण गरिदिएको छ ।

दमक–४ मा मेची बहुद्देश्यीय सहकारी संस्थाले सदस्यका लागि ५७ वटा दुई तले घरको नमुना बस्ती निर्माण गरेको हो । बस्तीको पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हालै उद्घाटन गरेका थिए ।

सहकारीले ४ वर्षअघि ‘मेची सहकारी आवास’ निर्माणको तयारी गरेको थियो । कोरोना महामारीका कारण २ वर्ष ढिलो गरी २०७८ मा सुरु गरेको निर्माण हालै सम्पन्न भएपछि ५७ वटा घर शेयरधनी सदस्यहरुलाई हस्तान्तरण गरेको सहकारीका कार्यकारी प्रमुख खोमप्रसाद बगालेले बताए ।

सहकारीले घर निर्माणको प्रस्ताव गर्दा ८० शेयरधनीले किन्ने इच्छा गरेपछि पहिलो नाम लेखाएका ५६ जनालाई घर दिएको उनले बताए । ५७ मध्ये एउटा घर भने सहकारीको प्रयोजनका लागि राखिएको छ ।

‘सहकारीले सुरुमा सदस्यहरुका लागि आह्वान गर्यो, ८० जनाले घर किन्ने इच्छा व्यक्त गर्नुभयो,’ बगालेले भने–‘फस्ट कम फस्ट सर्भिसका आधारमा हामीले ५६ परिवारलाई घर उपलब्ध गरायौं ।’

सहकारीले निर्माण गरेका घर कम्पाउण्ड वालसहित एउटै डिजाइनका छन् । दुई तले घरको मूल्य ४३ लाखदेखि ५१ लाख रुपैयाँसम्मका छन् ।

जग्गाको क्षेत्रफल थोरै र धेरै भएका आधारमा मूल्य कम र बढी छ । शेयर सदस्यले ऋण लिएर घर किन्न सक्ने व्यवस्था पनि छ । ५६ मध्ये २७ परिवारले सहकारीबाट १२ प्रतिशत ब्याजदरमा २० वर्षे ऋण लिएर घर किनेका छन् ।
‘१२ प्रतिशतबाट ब्याजदर कहिल्यै बढ्दैन,’ बगालेले भने, ‘बजारको ब्याजदर घट्यो भने घट्छ ।’ उनका अनुसार घर खरिद गर्ने सदस्यले सुरुमा कुल लागतको १५ प्रतिशत लगानी गरेपछि सहकारीबाट ऋण पाएका छन् ।

सहकारीले एक बिघा १८ कठ्ठा जग्गा खरिद गरेर घर निर्माण गर्दा २२ करोड ८३ लाख रुपैयाँ खर्च गरेको थियो । १२ लाख रुपैयाँ कट्ठाका दरले जग्गा खरिद गरेको सहकारीले दुई तले घर निर्माण गर्न प्रतिघर औसतमा ३३ लाख २५ हजार रुपैयाँ खर्च गरेको उनको भनाइ छ ।

सहकारीका सदस्यले बजार भाउभन्दा धेरै सस्तोमा घर पाएको कार्यकारी प्रमुख बगालेको दावी छ । ‘सदस्यहरुले बाहिरको बजार भाउभन्दा करिब ४० प्रतिशत सहुलियतमा घर पाउनुभएको छ’, उनले भने, ‘यो आवासको काम सकियो, अब मेची आवास–२ सुरु गर्ने तयारी छ ।’ सदस्यहरुको मागका आधारमा नयाँ ठाउँमा मेची आवास–२ सञ्चालन गर्ने उनको भनाई छ ।

२०५४ सालमा स्थापना भएको सहकारीले बचत तथा ऋणको कारोबारसँगै आवास र रबर खेती पनि गर्दै आएको छ । ३० करोड शेयर पुँजी रहेको सहकारीले यसअघि शेयर सदस्यहरुलाई जग्गा खरिद, सिटी सफारी खरिदमा पनि सहयोग गर्दै आएको छ ।

दमक–७ को १२ बिघा क्षेत्रमा पाथिभरा एग्रो टुरिजम विशिष्टीकृत सहकारी संघमार्फत सञ्चालित रबर खेतीबाट दैनिक एकसय लिटर कच्चा पदार्थ उत्पादन भइरहेको छ । १५ हजार शेयर सदस्य रहेको सहकारीले १२ वटा सेवा केन्द्रमार्फत सेवा दिइरहेको छ ।

पछिल्लो समाचार

शिक्षक संघको कोशी अध्यक्षमा चौलागाई विजयी

अघिल्लो समाचार

पाउ पाथीभरा धामको पुराणमा भक्तजनहरुको घुइँचो

Related Posts

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?
banner

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?

बैशाख २३, २०८३, २:३० .बुधबार
बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा
banner -2

बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा

बैशाख २३, २०८३, १:४५ .बुधबार
आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा
banner -1

आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा

बैशाख २३, २०८३, १:०० .बुधबार
मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान
box -1

मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान

बैशाख २२, २०८३, २:११ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.