४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

जग्गा वर्गीकरण सम्पन्न

बिर्तामोडमा जग्गाको कित्ताकाट खुल्यो

चैत्र १२, २०७९, ४:३८ .आइतवार
0
0
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, १२ चैत । बिर्तामोड नगरपालिकाले जग्गाको कित्ताकाट खुलाएको छ ।

आइतबारदेखि बिर्तामोड–१ देखि ५ नम्बर वडा सम्मका जग्गाको कित्ताकाट खुलेको हो ।

नगरपालिकाले जग्गा वर्गीकरणका सम्पूर्ण प्रक्रिया पुरा गरेर ५ वटा वडाको कित्ताकाट खुलाउन भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरलाई यही फागुन २१ गते पत्राचार गरेको थियो ।

कित्ताकाटसँगै सो वडाहरुको जग्गाको विवरण अद्यावधिक गर्ने कार्यसमेत आजदेखि सुचारु भएको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बताए ।

उनले वडा नम्बर ७, ८ र ९ को जग्गा वर्गीकरणको काम अन्तिम चरणमा पुगेको र वडा नम्बर ६ र १० को भने पुनः सूचना प्रकाशन गरेर अन्तिमरुप दिने तयारी रहेको बताए ।

बिर्तामोड नगरपालिकाको स्थानीय भू–उपयोग परिषदले वडा नम्बर १ देखि १० सम्मका जनताको राय, सुझाव संकलन गरेर वर्गीकरणको प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको थियो ।

नगरपालिकाले स्थानीय भू–उपयोग परिषदको सिफारिसमा भू–उपयोग ऐन २०७६ दफा ३३ र स्थानीय कार्य फस्र्योट नियमावली २०७४ दफा ४ ले दिएको अधिकार प्रयोग गरेर जग्गा वर्गीकरण तथा विकास सम्बन्धी कार्यविधि २०७९ जारी गरेको छ ।

यस कार्यविधिमा अब बिर्तामोड नगरपालिका भित्र जग्गा विकास सम्बन्धी योजना लागु गर्दा स्थानीय स्तरका दर्तावाला फर्महरुले आफुलाई प्राप्त अधिकार भित्र रहेर जग्गाको व्यवस्थापन गर्ने र त्यस्ता जग्गाहरुलाई पूर्व अनुमति लिएर मात्रै जग्गाको कित्ताकाट गर्ने कार्यलाई अघि बढाउने उल्लेख गरिएको छ ।

कार्यविधिमा अब कित्ताकाट हुने जग्गाहरुको मोहडा कम्तीमा ३३ फुट र त्यसको ३ गुणासम्म मात्र पछाडि लम्बाई रहने व्यवस्था गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले विगतदेखि रोकिएका जग्गाको कित्ताकाट खुलेपछि किनवेच र आफ्नो घरायसी व्यवहार मिलाउन आफ्नो जग्गा बिक्री गर्न सकिने परिस्थिति बनेको बताए ।

उनले नगरले निर्माण गरेको कार्यविधिमा वर्षमा एक जना व्यक्तिले एउटा जग्गामा तीन पटकसम्म कित्ताकाट गर्न पाउने र बढीमा चार पटकसम्म बिक्री वितरण गर्न पाउने व्यवस्था गरेको बताए ।

उनले आफ्नो जग्गाधनी पुर्जाहरु पनि अद्यावधिक गर्नु पर्ने बताए । अद्यावधिक गर्दा जग्गाहरु वर्गीकरण गरिएको क्षेत्रमा राखिने जानकारी दिए ।

नगरपालिकाले प्राप्त गरेको नक्शामा केहि व्यक्तिहरुको जग्गाको विवरण डाटामा समावेश नभएको पनि हुन सक्ने भएका कारण यस्ता नक्शाहरुको विषयमा कार्यालयमा रहेको डिजिटल नक्शालाई हेरेर अमिनले अन्तिम निकास दिने जनाएको छ ।

सरकारले गत जेठमा भू–उपयोग नियमावली लागु गर्दै स्थानीय तहलाई जग्गा वर्गीकरणको अधिकार दिएको थियो । सो नियमावली अनुसार जग्गाको वर्गीकरण नगरी कित्ताकाट गर्न नपाउने व्यवस्था गरिएको थियो । त्यसमा नेपालको जग्गालाई विभिन्न १० खाले समूहमा वर्गीकरण गरिएको छ ।

ती समूहमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्तिवक महत्व र सरकारबाट आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्र रहेका छन् ।

पछिल्लो समाचार

हातेमालो वनको अध्यक्षमा चन्द्रप्रसाद सिग्देल निर्वाचित

अघिल्लो समाचार

हात्ती मैत्री किसान समूहद्वारा ‘सामूहिक सब्जी खेती’

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.