२२ कार्तिक २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कर उठाउने पालिकाको निर्णय

सम्पत्ति कर तिर्नु पर्दैन : बगान प्रशासन प्रमुख दंगाल

चैत्र १६, २०७९, ३:१६ .बिहिबार
0
0
0
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter

झापा, १६ चैत । नेपाल चिया विकास निगमको सात वटा चिया बगान र कारखाना सम्झौतामार्फत पचास वर्षका लागि भाडामा लिएको त्रिवेणी समूहले २२ वर्षदेखि राज्यलाई सम्पत्ति, मालपोत र व्यवसाय कर तिरेको छैन ।

वि.सं. २०५७ असार १४ गते नेपाल सरकार र त्रिवेणी समूहका अध्यक्ष पुरुषोत्तमलाल सांघाईबीच निगम भाडामा लिनेदिने सम्बन्धिी सम्झौता भएको थियो । नेपाल सरकारले मातहतका उद्योगहरु निजीकरणमा दिने नीति अन्तर्गत झापा र इलाममा रहेको निगमका चिया बगानहरु त्रिवेणी समूहले भाडामा लिएको थियो ।

जग्गा, कारखाना प्रयोग र व्यवसाय सञ्चालन गरे वापत निगमले करोडौं रुपैयाँ कर नतिरेपछि निगमको चिया बगान रहेका झापा र इलामका ६ वटा स्थानीय तह (पालिका)हरुले संगठित रुपमा कर तिराउन दवाव सिर्जना गर्ने र यदि अटेर गरिरहेमा कानूनी कार्वाहीको बाटो अवलम्बन गर्ने निर्णय गरेका छन् ।

झापामा मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका र बाह्रदशी गाउँपालिकामा निगमको चिया बगान रहेको छ भने इलाम जिल्लाको सूर्योदय, इलाम र माई गरी तीन वटा नगरपालिकामा निगमको चिया बगान छ ।

नेपाल सरकारले भाडामा व्यवसाय गर्न दिइएको जग्गाको सम्पत्ति कर, मालपोत र व्यवसाय कर तिर्न पटक–पटक पत्राचार र ताकेता गर्दा पनि नटेरेपछि निगमको चिया बगान क्षेत्राधिकारभित्र रहेका ६ वटा पालिकाले सामूहिक रुपमा असुलीको उपाय खोज्न बाध्य हुनुपरेको मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीले बताए ।

निगमको झापामा टोकला, बर्ने र बाह्रदशी चिया बगान छ । इलामा कन्याम, शोक्तिम, चिलिमकोट र इलाम चिया बगान छ । बगानको आम्दानी लिइरहेको त्रिवेणी समूहले छ वटै पालिकालाई हालसम्म कुनै कर बुझाएको छैन ।

मेचीनगर नगरपालिकाको पहलमा बुधवार मेचीनगरको सभाहलमा ६ वटै पालिकाका प्रमुखहरुको संयुक्त बैठक बसेको थियो । बैठकले कानूनी कदम चालेर भए पनि त्रिवेणी समूहसँग कर असुली गरिछाड्ने निर्णय गरेको छ ।

बैठकले पहिलो चरणमा ५ वटै पालिकामा रहेका निगमका चिया बगानले ओगटेको जग्गा, अहिलेसम्म नतिरेको कर रकम र असुलीका लागि त्रिवेणीलाई गरिएका पत्राचारका कागजातको विवरण संकलन गर्ने निर्णय गरेको छ ।

६ वटै पालिकाले आफ्नो क्षेत्राधिकारभित्र निगमले ओगटेको जग्गाको धनीपूर्जा, सम्पत्ति कर भरेको फारामको प्रतिलिपी, निगमसँग भएका पत्राचार, अर्थ तथा अन्य मन्त्रालयमा यस सम्बन्धमा भएका पत्राचार र पालिकाहरुले यस विषयमा अहिलेसम्म चालेका कारवाहीको विवरण संकलन गर्ने निर्णय गरेको छ ।

यस विषयमा त्रिवेणी समूहका चिया बगान हेर्ने प्रशासन प्रमुख लोकनाथ दंगालले नेपाल सरकारले जग्गा भाडामा दिएको हुँदा जग्गाधनी सरकार नै भएको जिकीर गर्दै सम्पत्ति कर सरकारलाई तिर्नु नपर्ने दावी गर्दै आएका छन् ।

निगमको टोकला चिया बगान रहेको मेचीनगर नगरपालिकालाई त्रिवेणी समूहले सम्पत्ति कर, मालपोत र व्यवसाय करवापत ४९ करोड तिर्न बाँकी छ ।

नगरपालिकाले जनाए अनुसार त्रिवेणी समूहले आव २०५७÷०५८ देखि नै नगरपालिकालाई कुनै कर बुझाएको छैन । नगरले कर असुलीका लागि वर्षेनी ताकेता गर्दै आएको छ ।

त्रिवेणी समूहले आर्थिक वर्ष २०६२÷०६३ देखि २०७८÷०७९ सम्मको सम्पत्ति कर अन्तरगत रु. २५ करोड ५९ लाख ७ हजार ६४४ बुझाउन बाँकी छ । आव २०६२÷०६३ देखि २०७८÷०७९ सम्मको कर जरिवाना २१ करोड पुगिसकेको नगरपालिकाले जनाएको छ । सोही अवधिको अन्य सेवा शुल्क डेढ करोड र सुरुदेखिकै बक्यौता घरजग्गा कर ५५ लाख नाघिसकेको छ ।

सरकारको जग्गा भाडामा लिएर कुनै पनि कर नतिरेर सांघाई नेतृत्वको त्रिवेणी समूहले राज्यको कानून र नियमलाई धज्जी उडाइरहेको हुँदा स्थानीय पालिकाहरु अब एकीकृत भएर कडा कदम चाल्न बाध्य हुनुपरेको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले बताए ।

पालिकाहरुको संयुक्त बैठकमा मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकी, बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाई, इलाम नगरपालिकाका प्रमुख केदार थापा, सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई, बाह्रदशी गाउँपालिकाका अध्यक्ष देबेन्द्र चम्लागाई र माई नगरपालिकाका प्रतिनिधि हिमाल मिश्रको उपस्थिति रहेको थियो ।

पछिल्लो समाचार

वेबसाइट सार्वजनिक, मर्यादित पत्रकारितामा जोड

अघिल्लो समाचार

ईटाभट्टामा माई वल्ड रिकन्डिसन एण्ड सर्भिस सेन्टर

Related Posts

एमाले मेचीनगरद्वारा चौतारीका दुईसहित ५ जनालाई निस्काशन, निलम्बन र कारवाहीको सिफारिस
banner -1

एमाले मेचीनगरद्वारा चौतारीका दुईसहित ५ जनालाई निस्काशन, निलम्बन र कारवाहीको सिफारिस

कार्तिक २१, २०८२, २:४१ .शुक्रबार
बोर्डरल्याण्ड पत्रिकाको बार्षिकोत्सवमा मेयरले भने–‘जेनजी आन्दोलनपछि समाज त्रसीत छ’
banner

बोर्डरल्याण्ड पत्रिकाको बार्षिकोत्सवमा मेयरले भने–‘जेनजी आन्दोलनपछि समाज त्रसीत छ’

कार्तिक २१, २०८२, १:०९ .शुक्रबार
झापा महिला गोल्डकप : पुलिस फाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस फाइनलमा

कार्तिक २१, २०८२, १:०२ .शुक्रबार
झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.