९ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

प्रथम मेची महोत्सव

ज्योति मगरले तताइन् महोत्सव (फोटो फिचर)

चैत्र २३, २०७९, ७:४३ .बिहिबार
0
0
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

धुलाबारी, २३ चैत । व्यापार प्रवर्द्धन, खेलकुद क्षेत्रको विकास र लागुऔषध न्युनिकरण गर्ने उद्देश्यले आयोजित ‘प्रथम मेची महोत्सव’को १५औँ दिन बुधबार विहानैदेखि दर्शकको घुइँचो थियो ।

महोत्सवका अन्य दिनभन्दा यसदिन दर्शकको घुइँचो बढ्नुको कारण थियो नेपाली लोकगीतका हट गायिकाको छवि बनाएकी ज्योति मगरको प्रस्तुति ।

ज्योतिको प्रस्तुति हेर्न दर्शकको दिउँसो देखिनै ओइरो थियो । ज्योति स्टेजमा चढ्ने बित्तिकै महोत्सवका अन्य आकर्षणमा भुलिरहेका दर्शकहरू स्टेज छेउछाउ भेला भए । र उनीसँगै कमर मकाई–मकाई नाच्न थाले ।

राति करिव ८ बजे गायिका ज्योति मगर स्टेज चढेकी थिइन् । छोटो पहिरनमा ज्योति स्टेजमा उत्रिएपछि महोत्सवमा तरंग छायो । दर्शकको लगातारको हुटिङसँगै उनले करिव २ घण्टा स्टेज तताइन् । यो समयावधिमा उनले कान्छी मुसुक्क, नाकको फुली टिलिक्क टल्केको जस्ता आधा दर्जन गीत प्रस्तुत गरिन् ।

राष्ट्रिय गायक–गायिकाको प्रस्तुति मात्र होइन, महोत्सवमा स्थानीय तथा प्रदेशस्तरीय कलाकारहरुको पनि वेजोड प्रस्तुतिले दर्शकलाई झुमाउन सफल रहेको छ । त्यसैले अहिलेसम्म ३० हजार भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरिसके महोत्सव मुल आयोजक समितिका संयोजक रविन वस्नेतको दावी छ ।

महोत्सवको १६ औँ दिन आज (विहीबार) चर्चित गायक जीवकको प्रस्तुति रहेने छ । यही चैत ६ गतेदेखि मेचीनगर नगरपालिका–१० स्थित धुलाबारीको कोलनीमा मेची चेम्बर अफ कमर्सले सञ्चालन गरिरहेको महोत्सवमा व्यापार, कृषि, धुलाबारी बजारको प्रवर्द्धन, खेलकुद क्षेत्रको विकास र लागुऔषध न्युनिकरण गर्ने उद्देश्यले महोत्सव आयोजन गरिएको संयोजक वस्नेतले बताए ।

‘वर्षाका कारण ४ दिनसम्म महोत्सव सञ्चालन हुन सकेन’, वस्नेतले भने–‘विद्यार्थीहरुको परीक्षा भइरहेको छ । परीक्षा सकिएपछि थप २÷३ दिन चलाउन अनुमति लिने तयारी भइरहेको छ ।’

महोत्सवमा चर्चित कलाकारहरु प्रमोद खरेल, शिव परियार, एलिना चौहान, मेलिना राई, अस्मीता अधिकारी, आस्था राउत, प्रिति पास्वान लगायतका राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिइसकेको कमर्सकी अध्यक्ष रुकमिणा आर्चाय पोखरेलले बताइन् ।

कमर्सका महासचिव प्रकाश खड्काका अनुसार पचास भन्दा बढी स्टल रहेको महोत्सवमा राष्ट्रिय कलाकारको कार्यक्रम हुँदा २०० र अन्य कलाकार आउँदा १०० रुपैयाँ प्रवेश शुल्क लिने गरिएको छ । असहाय, अपांगता र ज्येष्ठ नागरिकहरुलाई प्रवेश शुल्क निःशुल्क गरिएको खड्काले बताए ।

महोत्सवको आयोजकको रुपमा मेची चेम्बर अफ कमर्स र सहआयोजक धुलाबारी रोलिङ क्लब रहेको छ ।

 

पछिल्लो समाचार

एउटै केन्द्रबाट ५२ जना विद्यार्थी पक्राउ

अघिल्लो समाचार

बिर्तामोडमा शनिबार जनवादी सांगीतिक कार्यक्रम

Related Posts

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने
banner -1

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने

माघ ९, २०८२, ११:४३ .शुक्रबार
कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह
banner -2

कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह

माघ ९, २०८२, १०:२७ .शुक्रबार
चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती
banner

चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती

माघ ९, २०८२, ९:१४ .शुक्रबार
अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
box -1

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.