झापा, २४ चैत । सरकारले कोशी प्रदेशको नामकरणका विषयलाई लिएर आन्दोलनका क्रममा मृत्यु भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले र लिम्बूलाई शहीद घोषणा र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको बताइन् ।
कोशी नामकरणका विषयमा आन्दोलनका क्रममा लिम्बूको निधन भएको थियो । आन्दोलनकारीसँगको छलफलपछि सरकारले छानबिन समिति गठन गरेको थियो ।
बैठकले नामकरण सम्बन्धी आन्दोलनका बारेमा प्रदेश सरकारसँग वार्ता र छलफल गरेर अगाडि बढ्न संघीय सरकारले सहजीकरण गर्ने समेत निर्णय गरेको छ ।
Discussion about this post