झापा, ५ बैशाख । सरकारले जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको हो ।
भू–उपयोग सम्बन्धी नियमावलीमा पहिलो संशोधन स्विकृत गर्दै मन्त्रिपरिषद्ले जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको छ ।
भू–उपभोग सम्बन्धी नियमावलीमा गरिएको संशोधनले अंशबन्डा, कित्ताकाट र घरजग्गा कारोबारमा सहजिकरण गर्ने सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।
भूमि व्यवस्था मन्त्रालयले २०७४ साउन २६ गते प्लटिङ गर्न स्वीकृति लिएको र अंशवण्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाटमा रोक लगाएको थियो ।
मन्त्रालयले जग्गाको प्रयोजन एकिन गरेर मात्रै कित्ताकाट खुल्ला गर्नु पर्ने निर्णय गरेको थियो । तर, यसपटक सरकारले जग्गाको वर्गिकरण टुंगो नलाग्दै कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको हो ।
Discussion about this post