झापा, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा रवि लामिछाने चयन भएका छन् ।
आज बसेको संसदीय दलको बैठकले पार्टी सभापति समेत रहेका लामिछानेलाई दलको नेता चयन गरेको हो ।
त्यसअघि बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेता बनाउन प्रस्ताव गरेको थियो । त्यसअनुसार नै सर्वसम्मत रुपमा लामिछानेलाई दलको नेता चयन गरिएको प्रमुख सचेतक सन्तोष परियारले बताए ।
२०७९ मंसिरको चुनावमा २० सिट जितेको रास्वपामा लामिछाने नै संसदीय दलको नेता चुनिएका थिए । तर नागरिकता विवादमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि रास्वपाका डीपी अर्याल दलको नेता भए ।
वैशाख १० गतेको उपनिर्वाचनमा लाछिाने चितवन–२ बाट निर्वाचित भएपछि अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । रास्वपा संसदीय दलको बैठकले सांसद निशा डाँगीलाई सचेतक तोकेको छ ।
Discussion about this post