२५ मंसिर २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

महेन्द्र पार्कलाई विदेशी पार्क बनाउँछौँ : वडाध्यक्ष सुब्बा

बैशाख १९, २०८०, २:१४ .मङ्लबार
0
0
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

भद्रपुर, १९ बैशाख । भद्रपुर वडा नम्बर ८ का वडाध्यक्ष गौरव सुब्बा (मनोज)ले चन्द्रगढीको ‘महेन्द्र पार्क’ लाई विदेशी पार्कको रुपमा विकास गर्ने बताएका छन् ।

चालू आर्थिक वर्ष २०७९÷०८० मा भद्रपुर नगरपालिकाको वडा नं. ८ ले महेन्द्र पार्कको पुनःनिर्माण र जिर्णोद्धारका लागि १० लाख बजेट बिनियोजन गरेको वडाध्यक्ष सुब्बाले बताए ।

राजनीतिक विवादभन्दा माथि उठेर सार्वजनिक स्थलहरुको जगेर्ना गर्नुपर्छ भन्ने मान्यताका आधारमा वडा कार्यालयले पार्कलाई सौन्दर्यकरण गर्ने काम गरिरहेको उनको भनाई छ ।

‘यो वर्ष १० लाख बजेट छुट्यायौं,’ वडाध्यक्ष सुब्बाले भने–‘आउँदो आर्थिक वर्षमा अझ धेरै बजेट छुट्याएर महेन्द्र पार्कलाई राम्रो पर्यटकीय स्थल बनाउने हाम्रो योजना छ ।’

पार्क सञ्चालनको सम्पूर्ण जिम्मेवारी भद्रपुर नगरपालिकाले लिएको बताउँदै उनले अब कुनै हालतमा पार्कलाई वेवारिसे बन्न नदिइने दावी गरे । वडाध्यक्ष सुब्बाले आफ्नो बुबाको स्मृतिमा पार्कको विकासका लागि २ लाख खर्च गरेको बताइएको छ ।

वडाको बजेटले हाल पार्कको वरिपरिको पर्खाल र भौतिक संरचनाहरुको रंगरोगन गरिएको छ । कलात्मक मूल प्रवेशद्वार, शालिक राखिएको पुरानो स्तम्भ, पानीको फोहोरा रहेको नहर, बिजुलीका खम्बा लगायतका भौतिक संरचना नयाँ रंगले सजाइएका छन् ।

भद्रपुर–८ स्थित चन्द्रगढीको मुटुमा नै रहेको एक बिगाहा दुई कठ्ठा १० धुर जग्गामा फैलिएको महेन्द्र पार्क पुनरुत्थान भएपछि घुमफिरमा आउनेको संख्या दिनहुँ बढ्न थालेको छ ।

वि.सं. २०४६ अघिसम्म झापामा सबैभन्दा धेरै पर्यटक लोभ्याउने सौन्दर्य पार्क रुपमा विकसित थियो । तर, राजनीतिक द्वन्द्वको कारण २०६२÷०६३ को जनान्दोलन सम्मको अवधिमा पार्क रमणीय स्थल विस्तारै वेवारिसे बन्न पुग्यो । वर्षौसम्म पार्कको ढोका नै खोलिएको थिएन ।

पार्कभित्र मनोरञ्जनका लागि पिङ, चिप्लेटी, चाकाचुली लगायतका खेल सामग्रीहरु राख्ने काम धमाधम भइरहेको छ । पर्यटकको सबैभन्दा बढी आकर्षण रहने फुलबारीमा नयाँ फुल रोप्ने, पुराना गोड्ने र झारपात फालेर चिटिक्क बनाउने कार्यमा नगरपालिकाले कर्मचारीहरु परिचालन गर्दै आएको छ ।

वर्षौँदेखि पार्कको हेरचाहमा रहेका कर्मचारी मोहन तिवारीको केहि महिनाअघि मृत्यु भएपछि उनकी श्रमती मोतुमाया तिवारीले गत असोजदेखि पार्कको रेखदेख गरिरहेकी छन् । उनलाई नगरपालिकाले तलव दिने गरेको छ ।

भद्रपुरका समाजसेवी धनजुजु श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति नै गठन भएको छ । समितिले नियमित रुपमा पार्कको जिर्णोद्धार कार्य अघि बढाइरहेको छ । रंगरोगन गर्ने, बगैचामा माटो भर्ने लगायतका काम गर्न गत चैत १४ गतेदेखि समितिले पार्कमा ज्यालादारी रुपमा केहि मजदुरहरु खटाएको छ । मजदुरको हाजिरा उपभोक्ता समितिले व्यहोर्दै आएको छ ।

पार्कका माली अमृत थापाले अब चाँडै महेन्द्र पार्कले काँचुली फेर्ने दावी गरे । संयुक्त अरब इमिरेट्सको प्रसिद्ध बगैंचामा मालीको काम गरिसकेका थापाले फुलका विरुवा कहाँ कसरी रोप्ने र हुर्किएका बोन्साई, धुपी, सल्लो लगायतका बोटका हाँगाबिगा कसरी छिमलेर सौन्दर्य बढाउने भनेर दिनभर काममा खटिएका छन् ।

बिर्तामोडको होटल किङ्गस् बेरी, मेचीनगरको होटल मेची क्राउन लगायतको सौन्दर्यकरण उनै माली थापाले गरेका हुन् ।

पछिल्लो समाचार

इतिहास रच्दैँ एसिया कपमा नेपाल

अघिल्लो समाचार

सांसद ‘कोइरी’ निलम्बित

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.