२४ मंसिर २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

‘मोक्ष धाम’ बनाउन जुट्दैँ तिरिङका स्थानीय (फोटो फिचर)

बैशाख २४, २०८०, १२:२५ .आइतवार
0
0
0
SHARES
497
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

तिरिङ, २४ बैशाख । मेचीनगर–१ को तिरिङदेखि सलकपुर सम्मको क्षेत्रलाई एतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय जुट्न थालेका छन् ।

शनिबार वडा नम्बर १ को तिरिङ खोला स्थित देवीथानको चौतारामा भेला भएका स्थानीय समाजसेवीहरुको भेलाले यस क्षेत्रलाई एतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबै एकजुट भएर लाग्ने प्रतिबद्वता जनाएका हुन् ।

त्री ऋण गंगा दश अवतार दर्शन मोक्षधाम धार्मिक पर्या पर्यटन प्रर्बद्धन समितिका अध्यक्ष सञ्जय निरौलाको अध्यक्षता तथा चारआली स्थित पाउ पाथिभरा धामका अध्यक्ष तिलक गिरीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो ।

भेलामा प्रमुख अतिथि गिरी, मेचीनगर–१ का वडा सदस्य चेतकुमार हुमागाई, कृष्ण थुम्की विकास वोर्डका अध्यक्ष हिम्मत क्षेत्री, समाजसेवीहरु खेमराज पुरी, लीलाप्रसाद न्यौपाने लगायतले पूर्व कै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने धारणा राखेका थिए ।

नेपाल विद्यार्थी संघ झापाका सभापति समेत रहेका सोहि ठाउँ निवासी समितिका अध्यक्ष निरौलाले महाभारतकालदेदिख पौराणिक इतिहास बोकेको यो क्षेत्रलाई देश–विदेशमा ‘मोक्ष धाम’को रुपमा परिचित गराउने योजना रहेको बताए ।

उनका अनुसार मदन भण्डारी राजमार्ग समेत जोडिएको ठाउँ भएकोले यस क्षेत्रको विकासका लागि तिरिङदेखि सलकपुरसम्म दश अवतारका एतिहासिक धार्मिकस्थल बनाईने छ ।

‘मोक्षधाम’मा मस्य, बराह, नर्सिंह, वामन, कुर्मु, पर्शुराम, राम, कृष्ण लगायतका दश वटा अवतारहरुको मन्दिर निर्माण गरिने बताइएको छ ।

यस क्षेत्रमा विशाल कुण्ड, मदन भण्डारी मार्ग छेउमा पर्यटकका लागि ट्रेकिङ रुट, हरेक वर्ष सोह् श्रद्वा, पृति मोक्षदान, हरेक वर्ष मेचीदेखि सलकपुरसम्म दश रथा यात्रा, शनिबारलाई श्रमबारको रुपमा जनश्रमदान गरिने लगायतका कामहरुलाई अघि बढाइने समितिको योजना छ ।

धार्मिक पौराणिक इतिहास बोकेको यस ठाउँमा सतलसेन महाराज, भिमचण्डी आमा, पाण्डव, कृष्ण, सिता बसोबास गरेको महाभारतका पुस्तकहरुमा पनि पढ्न सकिन्छ ।

तिरिङ खोलाको छेउमा निरौला कुवामा वर्षौँदेखि ढुंगामा नाक(सर्प) चित्र स्पष्ट देखिन्छ । त्यहाँ बेला–बेला नाक आउने गरेका कारण उक्त कुवाबाट पानी झिक्न डराउन थालेको स्थानीय बताउछन् । कहिलै पानी नसुक्ने पोखरी पनि यसैठाउँमा रहेको छ ।

त्यस्तै तिरिङ खोला र छिरिङ खोपको बीचमा देवीथानको रुख रहेको छ । सो रुखलाई आजसम्म आएको ठुलो बाडी र प्रकोपले बगाउन नसकेको स्थानीय बताउछन् ।

यस क्षेत्रलाई एतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरको गौरवको योजनामा पार्न मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढोथोकीसँग छलफल भइरहेको अध्यक्ष निरौलाले बताए ।

भेलाको सञ्चालन समितिका महासचिव डिकेन्द्रकुमार थापाले गरेका थिए । भेलामा वडा सदस्य शान्तकुमार न्यौपाने लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।

 

 

 

 

पछिल्लो समाचार

सरकारमा नजाने, समर्थन पनि फिर्ता लिने : रास्वपा

अघिल्लो समाचार

पत्रकार भण्डारीसहित चारजना सम्मानित

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.