विराटनगर, २४ बैशाख । प्रदेश पत्रकारिता पुरस्कारबाट झापाकी अम्बिका भण्डारीसहित चार जना पत्रकार सम्मानित भएका छन् ।
आइतबार कानुन, न्याय तथा आर्थिक मामिला मन्त्रालयले आयोजना गरेको आठौँ पत्रकारिता दिवस तथा पत्रकार पुरस्कार एवम् सम्मान कार्यक्रममा पत्रकार भण्डारी, इलामका सोमनाथ अधिकारी(सुसेली), सटेन्द्र जवेगु र घरानका राजेशकुमार यादव (विद्रोही) लाई जनहि एकलाख नगद राशिसहित सम्मानित भएका हुन् ।
सम्मानित चारै जनालाई मुख्यमन्त्री हिक्मत कार्कीले नगदसहित सम्मान गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले पत्रकारहरुले समाचारमा एकरुपता ल्याउन आवश्यक रहेको बताएका छन् । उनले एउटै घटनाका समाचारमा धेरैखालका समाचार बनाएर अतिरञ्जित बनाउन नहुने बताए ।
त्यसका आशयहरु बेग्ला बेग्लै हुनसक्ला तर, एउटै घटनाका समाचारमा एकरुपतामा जोडदिन उनले आग्रह गरेका छन् ।
विराटनगर स्थित होटल इस्टन स्टारमा आयोजित कार्यक्रममा सम्मानित पत्रकार भण्डारी, सुसेली, नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष लिलाबल्लव घिमिरे लगायतलेशुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कानुन, न्याय तथा आर्थिक मामिला मन्त्रालयका सचिव उमेश वस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Discussion about this post