झापा, २४ बैशाख । नेकपा एमालेले झापामा बोलाएको केन्द्रीय कमिटी बैठक काठमाडौँमा बस्ने भएको छ ।
यसअघि २८ देखि ३० वैशाखसम्म झापामा तय भएको बैठक एमालेले अन्तिम समयमा काठमाडौँमा नै सारेको हो ।
संसदको बजेट अधिवेशन सुरु भएकाले नेताहरु संसद बैठकमा ब्यस्त हुनुपर्ने लगायतका कारणले केन्द्रीय कमिटी बैठक काठमाडौंमै सारिएको केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए ।
गत मंसिर ४ गतेको आम चुनावपछि बस्न लागेको यो एमालेको पहिलो केन्द्रीय कमिटी बैठक हो । उक्त बैठकमा चुनावको समीक्षा र चुनावपछि सञ्चालित ग्रासरुट अभियानबारे छलफल हुने नेताहरुले बताएका छन् ।
केन्द्रीय कमिटी बैठकअघि सोमबार केन्द्रीय कार्यालयको र मंगलबार सचिवालयको बैठक बोलाइएको जनाएको छ ।
Discussion about this post