२१ मंसिर २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापामा नाम चलेका सहकारीहरु ध्रुविकरण हुँदै

जेष्ठ १, २०८०, ४:०३ .सोमवार
0
0
0
SHARES
94
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, १ जेठ । सहकारी भन्ने वित्तिकै सबैलाई एउटै डालोमा राखेर हेर्ने अनि एउटामा समस्या उत्पन्न भए सबैलाई खराब देख्ने प्रवृत्तिको अन्त्य गराउन झापाका सहकारीहरु ध्रुविकरण हुन थालेका छन् ।

सहकारी संस्थाहरु स्वनियमनमा चल्ने विश्वव्यापी मान्यताको फाइदा उठाउँदै कतिपय संस्थाका सञ्चालक र कर्मचारीहरुले मनोमानी ढंगबाट वित्तीय सन्तुलन विगारेका कारण सहकारी अभियान माथि नै प्रश्न चिन्ह उठेको बताइन्छ ।

अहिलेको आर्थिक मन्दीमा सहकारी तथा वित्तीय संस्थामा उत्पन्न हुने सानो समस्यालाई पनि ‘तिलको पहाड’ बनाएर मजा लिने तत्वहरुबाट जोगिन र अभियानलाई जोगाउन झापामा सहकारीहरुमा ध्रुविकरण सुरु भएको पाइएको हो ।

‘कोअपरेटिभ एलायन्स अफ झापा’ नामक एउटा लुज फोरम गठन गरी सहकारी ऐन, नियम, नीति र विधिमा उल्लेखित सुशासन र मापदण्डमा चलेका सहकारीहरुले ध्रुविकरण सुरु गरेका हुन् । एलायन्सको बैशाख ३१ गते सम्पन्न दोस्रो बैठकले सिङ्गो सहकारी अभियानलाई ट्र्याकमा हिंड्न सात बुँदे अपील पनि जारी गरेको छ ।

‘आफ्नो संस्था ठिक बाटोमा हिंडिरहेको छ भन्ने कुराको एण्डिकेटरहरु पारदर्शी रुपमा प्रस्तुत गर्ने, सो संस्थाका बारेमा एलायन्सका सबैले मसिनो गरी जानकारी लिने, समस्यामा परिहाल्यो भने एकापस मिलेर भरथेग गर्ने, सहकारीका बीचमा अस्वस्थ प्रतिष्पर्धा नगर्ने आदी एलायन्सका रचनात्मक निर्णयहरु हुन’ कर्णाली साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठ बताउँछन् ।

आफ्नो संस्था सुशासनमा चलेको छ भनी आश्वस्त पार्न एलायन्सले तयार गरेको ढाँचामा सहकारी संस्थाहरुले अघिल्लो महिनाको वित्तीय कारोबार विवरण हरेक महिनाको १० गतेभित्र सार्वजनिक गर्नुपर्ने नियम बनाइएको छ ।

एलायन्सका अर्का सदस्य खोमप्रसाद बगालेले भने, ‘पारदर्शिताको टुल्समार्फत अभियानमा सो संस्थाको अवस्था छर्लङ देखाएर समस्या भए नभएको बारे पब्लिक अडिट गराई सुशासनमा चलेको भए एलायन्समा मिसिन सबैलाई आह्वान छ ।

सहारा नेपाल साकोस लिमिटेडका कोषाध्यक्ष डम्बर देउजाको अध्यक्षतामा बिर्तामोडमा सम्पन्न कोअपरेटिभ एलायन्सको दोस्रो बैठक सम्पन्न भएको थियो । बैठकमा सहकारी संस्था, अभियानकर्मी तथा सरोकारवालाहरुमा लक्षित गरी जारी गरेको अपिलको पूर्ण पाठ यस्तो छ ।

१. कोअपरेटिभ एलाइन्स अफ झापाले तोकेको ढाँचामा सहकारी संस्थाहरुले अघिल्लो महिनाको वित्तीय कारोबार विवरण हरेक महिनाको १० गतेभित्र सार्वजनिक गर्नुहुन ।

२. सहकारीमा सम्पत्तीभन्दा सदस्यको महत्व बढी हुने भएकाले सदस्य जागरण अभियान (सदस्य शिक्षा) योजनावद्ध र निरन्तर सञ्चालन गर्नु हुन ।

३. सहकारी संस्थामा सिमित सदस्यको ठूलो बचत र सिमित सदस्यहरुलाई ठूलो लगानी जुनसुकै बेला जोखिममा परिणत हुनसक्ने भएकाले यस विषयमा सञ्चालकहरु सधैं सतर्क रहनु हुन,

४. सहकारी संस्थाको दिगो विकास र सुरक्षित वित्तीय सन्तुलनका लागि सदस्यबाट नियमित र दीर्घकालीन बचत संकलन गर्नुहुन ।

५. सहकारी–सहकारी बीचमा अस्वस्थ प्रतिष्पर्धा नगरी असल सहकारी संस्कार बसाउन तथा प्रारम्भिक सहकारी संस्था र सहकारी अभियानका विरुद्ध अनर्गल प्रचार भइरहेको पाइएमा आधिकारिकता बुझेरमात्र धारणा बनाउनु हुन ।

६. वित्तीय सन्तुलन मिलाउन नसकेर समस्यामा परेका कतिपय सहकारी संस्थाले समयमा नै बचत फिर्ता गर्न नसकेर कठिन अवस्था बनेको भए सम्बन्धित संस्थाबाट कर्जा लिएका ऋणि सञ्चालक र सदस्यहरुले आफूले तिर्न बुझाउन पर्ने साँवा ब्याज समयमा नै भुक्तानी गरेर संस्थालाई अप्ठ्यारोबाट जोगाउनु हुन ।

७. सहकारीबाट लिएको ऋण तिर्नुपर्दैन भनेर भ्रम छर्ने व्यक्ति र संस्थालाई यस्तो गलत काम नगर्न सचेत गर्दछौं । सहकारीमा एउटा सदस्यले राखेको बचत रकम अर्को सदस्यले कर्जाका रुपमा ऋण लिएको हुन्छ । सहकारी संस्था कसैको अनुदानबाट चलेको नभई सदस्यको बचत परिचालनबाटै हुने भएकाले भ्रममा नपर्न सहकारीका सबै ऋणिहरुमा जानकारी गराउँदछौं ।

पछिल्लो समाचार

पासवर्ड ह्याक गरेर बैँकबाट पैसा निकाल्ने पक्राउ

अघिल्लो समाचार

कोशी प्रदेशमा सहमतीय सरकारको चर्चा

Related Posts

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार
पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत
banner

पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत

मंसिर २०, २०८२, ११:५४ .शनिबार
बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
अर्थ

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.