मोरङ, १ जेठ । मोरङ सुन्दरहरैचा नगरपालिकाको विराटचौकमा रहेको दुई वटा बैँकहरुबाट पासवर्ड ह्याक गरेर पैसा निकाल्ने एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटचौक–५ बस्ने बर्ष ३६ का देवराज सिक्देल छन् ।
सुन्दरहरैचा नगरपालिका–४ दुलारी स्थित रमेश आचार्यले आफ्नै घरमा सञ्चालन गर्दै आएको आरए भिजन एकाउन्ट सोलुशन प्रालि फर्मका लेखापाल समेत रहेका सिक्देलले आचार्यको नबिल बैँक शाखा कार्यालय विराटचौकमा रहेको खाताबाट पासवर्ड ह्याक गरी विभिन्न मितिमा अठ्ठाईस हजार एकसय निकालेका थिए ।
त्यस्तै आचार्यका काका स्थानीय ओमनाथ आचार्यको माछापुच्छ्रे बैँक शाखा कार्यालय विराटचौकमा रहेको खाताबाट पासवर्ड ह्याक गरी विभिन्न मितिमा छैसठ्ठी हजार आठ रुपैयाँ निकालेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सिग्देलको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
Discussion about this post