१८ मंसिर २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कोशी प्रदेशमा सहमतीय सरकारको चर्चा

जेष्ठ २, २०८०, ३:४६ .मङ्लबार
0
0
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर, २ जेठ । कोशी प्रदेश सरकार परिवर्तनको प्रयास गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता काठमाडौँ पुगेका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँग भेटवार्ता गरेपछि सत्तारुढ गठबन्धनका नेताहरु काठमाडौं पुगेका हुन् ।

स्रोतका अनुसार महामन्त्री शर्मा र मुख्यमन्त्री कार्कीबीच सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा छलफल भएको थियो ।

दुई नेताबीच छलफल भएको थाहा पाएपछि शीर्ष नेतालार्ई भेट्न कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा, माओवादी केन्द्र दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा एकीकृत समाजवादी पार्टी दलका नेता राजेन्द्रकुमार राई काठमाडौँ पुगेका हुन् । थापा र राई केहीदिनदेखि नै काठमाडौंमा थिए भने आङ्बो सोमबार काठमाडौं पुगेका हुन् ।

शीर्ष नेतासँग छलफलका लागि काठमाडौँ पुगेको माओवादी केन्द्र ससदीय दलका नेता आङ्बोले बताए । प्रदेशको विषय संवेदनशील भएकाले निकास दिन केन्द्रीय नेतृत्वलाई आग्रह गर्ने उनले बताए ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । दुवै गठनबन्धनलाई बहुमत जुटाउन सहज छैन । सहज अंकगणित नभएका कारण नयाँ गठबन्धन बने पनि कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार टिकिरहेको छ ।

कोशी प्रदेशमा ४० सिटको नेकपा एमाले र ६ सिटको राप्रपा एक ठाउँमा छन् । दुई दलको मत संख्या ४६ छ । सत्ता गठबन्धनमा कांग्रेस २९, माओवादी केन्द्रका १२, नेकपा एकीकृत समाजवादी पार्टीका ४, जसपाको १ गरी ४६ मत नै छ । माओवादी केन्द्रबाट निर्वाचित भएका सभामुखलाई समेत जोड्दा कठिन बहुमत भएपनि विश्वासको मत लिने प्रयोजन र विधेयक पास गर्ने प्रयोजनमा बारम्बार विवाद हुने भएका कारण सत्ता पक्षीय गठबन्धनले सरकार परिवर्तन गर्न सकेको छैन ।

केही दिनअघि बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले कोशी प्रदेशमा देखिएको समस्या समाधानका लागि महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङदेम्बेलाई जिम्मा दिएको थियो ।

त्यसै अनुसार आइतबार महामन्त्री शर्मा र सहमहामन्त्री आङदेम्बेले काठमाडौंमै कोशीका मुख्यमन्त्री कार्कीसँग भेट गरेका हुन् । महामन्त्री शर्माले प्रदेश नामकरणपछिको विवाद र सरकार गठनको विषयमा छलफल भएको बताए ।

‘नामकरणपछि उत्पन्न तनावलाई पनि हल गरेर जानुपर्छ, त्यस्तै माओवादी केन्द्रमा कांग्रेससँग गठबन्धनमा छ, कोशीमा एमालेसँग गठबन्धन छ, यो विषयमा पनि छलफल भयो’ उनले भने ।

एमाले नेतृत्वको कोशी प्रदेश सरकारमा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईं र जीवन आचार्य र जसपाबाट निर्मला लिम्बू मन्त्री छन् । नेपाली कांग्रेसले माओवादी र जसपालाई सरकारबाट बाहिरिन आग्रह गरिरहेको छ । तर दुवै दल तत्काल सरकार छाड्न तयार छैनन् बरु आगामी वर्षको बजेटका लागि योजना छनोटमा जुटेका छन् ।

माओवादी र जसपा सरकारमै बसेका कारण नेपाली कांग्रेस असन्तुष्ट छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिको सरकार बनाउन प्रस्ताव गरेका थिए । गत ५ वैशाखमा पनि मुख्यमन्त्री कार्कीले सहमतिको सरकारका लागि आह्वान गरेका थिए ।

माओवादी केन्द्र संसदीय दलका नेता आङ्बो भने सरकारका धेरै विकल्पमध्ये सहमतिको सरकार एउटा विकल्प भएको बताउँछन् । पछिल्लो समय भने सार्वजनिक खपतका लागि मात्रै यो प्रस्ताव बाहिर ल्याएको उनले बताए ।

‘धेरै मोडालिटीमध्ये यो एउटा मोडालिटी हो’, उनले भने, ‘केन्द्रमा एउटा प्रदेशमा अर्काे गठबन्धन हुँदैन ।’ यद्यपि केन्द्रीय नेतृत्वले सरकार गठनका लागि निकास दिने उनले बताए ।

(अनलाइन खवर)

पछिल्लो समाचार

झापामा नाम चलेका सहकारीहरु ध्रुविकरण हुँदै

अघिल्लो समाचार

माओवादी झापाले आज ‘लाइट फोकस’ गर्ने

Related Posts

अपाङ्गता भएका व्यक्तिहरू पनि सियाे दाैड, चम्चा दाैडमा सहभागी
banner

अपाङ्गता भएका व्यक्तिहरू पनि सियाे दाैड, चम्चा दाैडमा सहभागी

मंसिर १७, २०८२, १०:२६ .बुधबार
विद्यालयकाे १०० मिटरभित्र मादक तथा सूर्तिजन्य पदार्थ बन्द गर्न हाेराइजनमा छलफल
banner

विद्यालयकाे १०० मिटरभित्र मादक तथा सूर्तिजन्य पदार्थ बन्द गर्न हाेराइजनमा छलफल

मंसिर १६, २०८२, १२:०७ .मङ्लबार
लैङ्गिक हिंसा र एड्स सम्बन्धी सचेतना
banner

लैङ्गिक हिंसा र एड्स सम्बन्धी सचेतना

मंसिर १५, २०८२, १२:५७ .सोमवार
एमाले झापा–१ मा असारु, राजु, रमा, जानुका, दीपक र लक्ष्मी निर्वाचित
banner -2

एमाले झापा–१ मा असारु, राजु, रमा, जानुका, दीपक र लक्ष्मी निर्वाचित

मंसिर १३, २०८२, १२:२८ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.