मेचीनगर, १६ मंसिर । विद्यार्थीहरू कुलतमा फस्ने सम्भावना बढेपछि इस्ट हाेराइजनले आयोजना गरेकाे छलफलमा अधिकांश बक्ताहरूले स्कुलकाे एकसय मिटरभित्र मादक तथा सूर्तीजन्य पदार्थ बिक्री वितरण बन्द गर्नु पर्ने आवाज उठाएका छन् ।
मंगलबार हाेराइजनकाे फ्यान क्लबले स्कुल परिसरमा सबै क्षेत्रका सराेकारवालासँग गरेकाे छलफलमा स्कुलकाे सयमिटर निषेधित क्षेत्र घाेषणा गर्नु पर्नेमा जाेड दिएका थिए ।
लागूऔषध, मादक तथा सूर्तिजन्य वस्तुहरू धुलाबारी स्थित विद्यालय क्षेत्रमा निर्वाधरूपमा बालबालिकाकाे प्रयाेग, सेवन र खुल्ला रूपमा बिक्री वितरण राेक्न प्रत्येक घरघर, टाेल विकास, समुदाय, बाल क्लब, रेडक्रस सर्कल, फ्रेण्ड क्लब, युवा, सबै लाग्नु पर्ने बताइएकाे ।
विद्यार्थी, अभिभावक, लागूऔषध, मादक तथा सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्ने सबलाई सजग गराउन सचेतना मुलक कार्यक्रम गर्ने तयारी गरिएको फ्यान क्लबका समन्वय शिक्षक महेश खड्काले जानकारी दिए ।
स्कुलकाे एकसय मिटर आसपास ती वस्तुहरू बिक्री गर्न नदिन सचेतना र्याली, स्टिकर लगायतकाे व्यानरहरू बनाएर धुलाबारी बजार सिरान, दक्षिणमा ज्यामिरगढी, पूर्वमा काँकरभिट्टा र पश्चिममा चारआलीबाट अभियान थालिने याेजना रहेकाे छ ।
छलफलमा नगरपालिकाका शिक्षा शाखा प्रमुख हाेमनाथ भण्डारी, नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेल, इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख नकुलराज गाैतम, इस्ट हाेराइजनका प्रिन्सिपल सञ्जिव राई, मेची उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री, उद्योग उपाध्यक्ष भूमि पाैडेल, वडा सदस्य विशाल कार्की, ईप्रका धुलाबारीले गठन गरेकाे फ्यान क्लबका अध्यक्ष प्रकाश खड्का, सामाजिक अभियन्ताहरू गाेपालप्रसाद चुडाल, सन्दिप थापा, राज अग्रवाल, हाेराइजनका एकाडेमिक एडभाइजर सन्दिप दाहाल, विद्यार्थी छवि भट्टराई लगायतले समस्या र समाधानका उपायका बारेमा आ-आफ्नो धारणा राखेका थिए ।
फ्यान क्लबकी अध्यक्ष याेगिता साहीकाे अध्यक्षतामा भएको छलफलकाे सञ्चालन उपाध्यक्ष निर्जला गाैतमले गरेकी थिइन् ।




Discussion about this post