२५ मंसिर २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सार्वजनिक सुनुवाईमा कसले के भने ?

जेष्ठ ५, २०८०, १:२५ .शुक्रबार
0
0
0
SHARES
176
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

मेचीनगर, ५ जेठ । जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा काँकरभिट्टामा समुदाय–प्रहरी साझेदारी अन्तरगत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

विहीबार काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा आयोजित सो कार्यक्रममा मेचीनगरका विभिन्न विषयमा उठेका प्रश्नहरुको जवाफ सरोकारवाला निकायका प्रमुखहरुले दिएका थिए ।

सार्वजनिक सुनुवाईमा कस्ले के भने । हेर्नुहोस् जस्ताको त्यस्तै ।

मुक्ति पौडेल : सञ्चारकर्मी

पत्रकार र प्रहरीबीचमा सहकार्यको अभाव रहेको छ । त्यसलाई समन्वय गर्न आवश्यक छ ।

विटु गुरुङ : समाजसेवी

काँकरभिट्टा खुल्ला सीमा भएकोले लागुऔषधमा फसेका युवायुवतीका कारणचोरीका घटना बढेको छ । मेरै घरबाट ३ वटा मोवाइल चोरी भएको छ । यस्मा प्रहरीले ध्यान दिन जरुरी छ ।

राधा कार्की : समाजसेवी

विचौलियाका कारण जग्गा दलालीले गर्दा सोझासिधा नागरिकलाई ठगिएका छन् । बलात्कार जस्तो जघन्य विषयमा प्रहरीले अनुसन्धान गर्दा पुरुष वा महिला कस्को बढी गल्ती छ सुष्म ढंगले अध्यायन गर्नु पर्छ ।

दिलिप थापा : सञ्चारकर्मी

सञ्चारकर्मीहरुलाई सूचना दिँदा ईलाका प्रहरी कार्यालयबाटै उपलब्ध गराउँनु पर्छ । जिल्ला प्रहरी कार्यालयबाट समयमा सूचना नआउने गरिएको गुनासो छ ।

अर्जुनकुमार कार्की : वडाध्यक्ष

प्रहरी–प्रहरी जस्तो नदेखिएपछि जनताले हेर्ने दृष्टिकोण फरक छ ।

खडानन्द भण्डारी : यातायात व्यवसायी

यातायात तथा अन्य क्षेत्रमा लागेका मजदुरका पीडा सम्बोधन हुनुपर्छ ।

केशव गिरी : यातायात व्यवसायी

पानीट्याङ्कीदेखि काँकरभिट्टासम्मको सडकमा यात्रुलाई सास्ती भएको छ । त्यसको समाधान गर्न ढिला गर्नु हुँदैन ।

सुरेशकुमार श्रेष्ठ (गोपाल) : होटल संघ अध्यक्ष

मेची पुलमा सिटी रिक्साको जाम छ । त्यहाँबाट २ नम्बरी काम हुन्छ । पाँच ठाउँमा प्रहरीको चेकजाँच छ । त्यसले पर्यटकलाई झन्झट भएको छ ।

पूर्ण योङहाङ : सिटीरिक्सा संघ अध्यक्ष

सिटीरिक्सा नगरमा सञ्चालनमा समस्या भएको छ । दर्ता र लाईसेन्सको व्यवस्था गर्नुपर्छ ।

नवराज घिमिरे : तरकारी संघ अध्यक्ष

भारतको पानीट्याङ्कीबाट तरकारी ल्याउँदा मेची पुलको गेटमा प्रहरीले हात मिलाउने गरेका छन् । यसको अन्त्य हुन जरुरी छ ।

नेत्र कार्की : ट्राभल्स संघ अध्यक्ष

भारत, बंगलादेश, भुटान लगायत अन्य मुलुकबाट आउने पर्यटकहरुलाई नाकामा सहज छैन । त्यसलाई व्यवस्थित गर्नुपर्छ । मेची डाँडाका स्थानीयलाई नक्कली धनीपुर्जा वितरण लगायतका समस्या समाधान गर्नुपर्छ ।

सन्दिप थापा : सामाजिक अभियन्ता

युवाहरु लागुऔषधको दुव्र्यशनीमा फसेका छन् । यीनीहरुको संरक्षण गर्नुपर्छ । प्रहरीले लागुऔषधमा लागेका, प्रयोग गर्ने वा कारोवारी हेरेर मात्र समात्ने, जेल हाल्ने गर्नुपर्छ । विना वित्थामा हेरेसमेन्ट दिनु हुँदैन ।

भीम लुइटेल : सामाजिक अभियन्ता

सीमा नाकामा लागुऔषधको महामारी छ । यसको रोकथामका लागि भारतसँग सहकार्य गर्नुपर्छ ।

शुवर्ण भट्टराई : शिक्षक

प्रहरीले लागुऔषधको क्षेत्रमा गरेको काम प्रशंसनिय छ । प्रहरीमा थन्किएका विभिन्न मुद्दाहरुको फायल ओपन गर्नुपर्छ ।

गणेश चौहान : अटो संघ अध्यक्ष

सिटीरिक्सा र अटोलाई व्यवस्थापन गर्न नगरपालिका र प्रहरीले समन्वय गर्नुपर्छ । यी सवारी साधानको दर्ता र लाईसेन्सको प्रकिया चाँडो टुंग्याउनु पर्छ ।

विष्णुकुमार श्रेष्ठ : मेचीबसका अध्यक्ष

मेची पुलमा सिटीरिक्साको जाम, अव्यवस्थित पार्किङ, प्रहरी र मेची भन्सार कार्यालयका कर्मचारीहरुको चेकजाँचले यात्रु हैरान भएका छन् । यसको समाधान गर्न सबै एकजुट हुनुपर्छ ।

गणेशकुमार खरेल : देवकोटा पार्क अध्यक्ष

सिसि क्यामेराहरु काम नलाग्ने अवस्थामा छन् । बिग्रिएका छन् । बसपार्कमा पार्किङको समस्या छ ।

नवराज सुवेदी : सञ्चारकर्मी

काँकरभिट्टा, ईटाभट्टा, धुलाबारी, चारआली लगायतका स्थानका सिसि क्यामेराहरु बिग्रिएका छन् । त्यसको मर्मत सम्भार कसले गर्ने हो । नाकामा प्रतिबन्धित भारतीय लट्री (चिठ्ठा) को विगविगी छ । चिठ्ठाका कारण नागरिको उठिबास हुने स्थिति छ । यसबाट लाखौँ रुपैयाँ भारत गइरहेको छ । नकलबन्दा, सतिघट्टा लगायतका स्थानबाट खुलेआम तस्करी भइरहेको छ । यसमा किन प्रहरी मुकदर्शक भएर बसेको छ ।

राजु दाहाल : सहकारीकर्मी

प्रतिबन्धित भारतीय चिठ्ठा, अव्यस्थित पार्किङ लगायतका विषयमा सरोकारवाला निकायहरु गम्भीर बन्नु पर्छ । भारतबाट चिठ्ठा भित्राउनेमा प्रहरी प्रशासनकै मिलोमतो रहेको छ ।

फडिन्द्र घिमिरे : सामाजिक अभियन्ता

यहाँ उठेका सबै विषयलाई कार्यान्वयनको पक्षमा लानुपर्छ ।

उदय प्याकुरेल : सामाजिक अभियन्ता

नाकामा प्रहरीले सामान चेकजाँच गर्दा अभद्र व्यहार गर्छन् । विशेष गरेर महिलाहरुलाई त्यस्तो गर्छन् । महिलाहरुको व्याग निकालेर खोतालखुतुल पार्ने गरेका छन् । त्यस्तो व्यवहार प्रहरीले सच्चाउनु पर्छ ।

ईन्साक सेन्चुरी : सामाजिक अभियन्ता

यातायात व्यवस्था कार्यालयले सवारी अनुमति पत्र(स्मार्ट लाईसेन्स) दिन किन ढिलाई गरेको हो । एउटा नागरिकको लाईसेन्स दिन एकवर्ष बढी लाग्छ । त्समा सुधार गर्न आवश्यक छ ।

रमेश गुरुङ : सामाजिक अभियन्ता

मनव तस्करीमा संलग्न दलालहरुले विभिन्न मोडल चेन्ज गरेर नेपाली चेलीवेटी भारतमा लगेर वेचविखन गरिरहेका छन् । भीआईपी गाडीलाई पनि प्रहरीले निगरानी गर्नुपर्छ । दलालको पहुँचको आधारमा प्रहरीले पीडित महिलाहरुको मुद्दा दर्ता नगरेको अवस्था छ ।

अर्जुन राई : सामाजिक अभियन्ता

नाकामा लागुऔषधको अवस्था भयावह छ । यसको रोकथामका लागि अब लागुऔषध सम्बन्धी पाठ्यपुस्तक प्रकाशन गर्नुपर्छ । यसका विषयमा विद्यार्थीहरुलाई पढाउनु पर्छ ।

दुर्गाराज रेग्मी : एसपी

केन्द्रको नीति अनुसार सूचना दिँदा एकरुपता कायम होस् भनेर जिल्लाले हेर्ने गरेको छ । झापामा १४४ दशमलव २ किलोमिटर खुल्ला सीमा नाका छ । लागुऔषधको कारोवार अत्यधिक छ । १० महिनामा १ केजी साढे २ सय ग्राम ब्राउन सुगरसहित मानिस पक्राउ परेको अवस्था छ ।

नाकामा प्रविधिमैत्री यन्त्र नभएका कारण चेकजाँच अलिक बाक्लो छ , झनझटिलो पनि छ । रिह्याव सेन्टरहरुमा ठुलोधन्दा हुने गरेको छ । सेन्टरले लागुऔषधमा फसेकाहरुलाई राम्रो उपचार तथा परामर्श दिनुपर्छ । भरातको पानीट्याङ्कीका विभिन्न औषधि पसलहरु लागुऔषध बिक्री गर्छन् । त्यो सबैलाई थहा छ । तर, त्यहाँ गएर हाम्रा वा उताका नागरिकलाई समातेर कारवाही गर्ने अवस्था छैन ।

सिसि क्यामेरा ब्रिगिसकेपछि मर्मत गर्ने श्रोत छैन । यसमा स्थानीय सरकारले सहयोग गर्नुपर्छ । प्रतिबन्धित भारतीय चिठ्ठाका विषयमा भरातीय कारोवारीलाई पक्राउ गर्ने गरेको छ । तर हाम्रा नेपाली नागरिकलाई आइन्दा नखेल्ने शर्तमा कागज गराएर छाड्ने गरिएको छ । यसलाई कडाईका साथ नियन्त्रण गरिनेछ ।

व्यापारीले भारतबाट ल्याएको समानका विषयमा प्रहरीले हात मिलाउनु ठिक होइन । विकृति हो । यसलाई कडाईका साथ पालना गरिनेछ । सार्वजनिक सुनुवाईमा उठेका विषयलाई केन्द्रमा पनि ध्यानाकर्षण गरिनेछ ।

गोपालचन्द्र बुढाथोकी : मेयर

यी सबै समस्या खुल्ला सीमाका कारण भएको हो । सीमामा पर्खाल निर्माण गर्नुपर्छ । लागुऔषध नियन्त्रणका लागि विद्यालयदेखि अभिभावकसँग कार्यविधि बनाएर जेठ महिनाभित्र वृहत कार्यक्रम गरिनेछ ।
सिसि क्यामेराको व्यवस्थापन गरिनेछ । सिटीरिक्सा तथा अटोहरुको ब्लुबुकको व्यवस्था गरिनेछ । दर्ता र लाईसेन्सको प्रकियामा जानेछौँ ।
प्रहरी नाकामा बदनाम भएको अवस्था छ । यो ठाउँलाई बाहिरका नागरिकले दुरगन्धित भनेर चिनिएको छ । नाकामा प्रहरी र व्यापारीको हात मिलाउने कुराको अन्त्य हुनुपर्छ ।

शिवराम पोखरेल : सीडीओ

पूर्वी सीमा नाका काँकरभिट्टा एउटा अन्तराष्ट्रिय नाका हो । हरेक कुराको समाधान दुई देशबीचको सहकार्यमा मात्र हुन्छ । बंगलादेश वा भुटानसँगको व्यापार तथा अन्य विषयमा भारतसँग अनुमति नमागी कुनै काम पुरा हुँदैन । सीमा नाका प्रहरीको ऐना हो । त्यसैपनि प्रहरीले सुरक्षा बढाएको हुन्छ । यस्तो कार्यक्रमले सरोकारवाला निकायलाई फिडबेक हुनेछ ।

जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले तथा कार्यक्रमको औचित्यमाथि प्रकाश र सञ्चालन प्रहरी निरीक्षक गुरुप्रसाद तिम्सिनाले गरेका थिए ।

कार्यक्रममा मेचीनगरका प्रायःसबै संघ–संस्थाका प्रमुख प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

पछिल्लो समाचार

अपहरणमा परेको नाटक गर्ने सुहाङ पक्राउ

अघिल्लो समाचार

भुटानी शरणार्थी नेता रिजाल पक्राउ

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.