झापा, २३ जेठ । नेकपा माओवादी केन्द्रका २ जना मन्त्रीले कोशी प्रदेश सरकारबाट राजीनामा दिएका छन् ।
आज माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाईं र पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका हुन् ।
यसअघि माओवादीको कोशी प्रदेश संसदीय दलले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी प्रदेश संसद सचिवालयलाई गराएको थियो ।
संसदीय दलको बैठकले राजीनामा बुझाउन उनीहरुलाई निर्देशन समेत दिएको थियो ।




Discussion about this post