५ श्रावण २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरलाई ‘लागूऔषध मुक्त’ बनाउने तयारी

जेष्ठ २७, २०८०, ७:४५ .शनिबार
0
0
0
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

काँकरभिट्टा, २७ जेठ । मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीले कार्यक्रमका निम्ती कार्यक्रम गरेर, भाषण गरेर मात्र लागूऔषध नियन्त्रण नहुने बताएका छन् ।

आज काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा नगरपालिकाले आयोजना गरेको लागूऔषध प्रयोग मुक्त नगरपालिका प्रारम्भिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मेयर बुढाथोकीले कालोपिच बनाएर विकास गर्नु भन्दा लागूऔषधमा फसेकालाई स्वास्थ र असल नागरिक बनाउनु उचित रहेको बताए । सबैको सहकार्य भए ८० प्रतिशत लागूऔषध न्युनिकरण हुने उनको भनाई छ ।

उनका अनुसार मान्छे बचाँउ, जीवन बचाँउ, समाज बचाँउ अभियानमा सबैले साथ दिए लागूऔषध नियन्त्रण हुनेछ । उनले सीमा नाकामा लागूऔषध बिक्री वितरण तथा ओसारप्रसार नियन्त्रण गर्न भारतसँग नेपाल सरकारले पहल गर्नुपर्ने बताए ।

‘मेचीनगरमा लागूऔषधमा फसेका युवा–युवतीहरुको घरपरिवारको अवस्था दहनिय छ’, मेयर बुढाथोकीले भने–‘उनीहरुका अभिभावक सधैँ छोराछोरीको पिरले घुक्क घुक्क रोइरहेका छन् । त्यसैले आमाको काँखको बच्चादेखि विद्यालयसम्म यसका विरुद्ध अभियान चलाउन आवश्यक छ । त्यो अभियान अब चाँडै सुरु हुन्छ ।’

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले मेचीनगरमा लागूऔषधले महामारीको रुपलिएको बताए । बालबच्चादेखि वृद्वसम्म यसको कुलतमा फसेको उनको भनाई छ । लागूऔषध मुक्त नगर स्थापना गर्न सबै एकजुट हुनु पर्ने सांसद तामाङको जोड थियो ।

कार्यक्रमको स्वागत गरेकी उपमेयर मीना पोखरेल उप्रेतीले खुल्ला सीमाना यसको मुख्य चुनौती रहेको बताइन्् । यहाँका अधिकांश युवाहरु लागूऔषधमा फसेका कारण समाजमा अपराधिक घटनाहरु बढ्दै गएको दावी गरिन् ।

नारकोनन् नेपालका अध्यक्ष एवम् पूर्व प्रहरी उपरीक्षक बसन्तराज कुँवरले लागूपदार्थ एउटा घरको मात्र समस्या होइन, यो देशको, विश्वको समस्या रहेको बताए ।

मुख्य प्रशिक्षक समेत रहेका कुँवरले लागूऔषधमा फसेका, समस्या र समाधानका विषयमा प्रष्ट पारेका थिए । उनले लागूऔषधका सम्बन्धमा मेचीनगर नेपालकै रेडजोनमा रहेको दावी गरे । उनले टोलटोल, वडा वडा र विद्यालयमा लागूऔषधका विषयमा इजरायल मोडलको कार्यक्रमहरु सञ्चालन गर्न नगरपालिकालाई सुझाव दिएका थिए ।

विद्यालयमा ड्रग्स नियन्त्रण शिक्षक, टाक्स फोर्स, एन्टी ड्रग्स क्लब, आमा समूह, दवाव समूह लगायतका समूह बनाएर लागूऔषध न्युनिकरण गर्न सकिने कुँवरको भनाई छ ।

उनले लागूऔषध नखाएकालाई खान नदिने, खाएकालाई चिन्ने, चिनेकालाई उपचार र व्यवस्थापन गर्ने, उपचारबाट फर्किएकालाई फेरि खान नदिने र बेचविखन गर्नेलाई कारवाही गर्ने नीति अपनाउन सके न्युनिकरण हुन सक्ने बताए ।

प्रशिक्षण कार्यक्रममा नगरका सबै संघ–संस्थाका प्रमुख र प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्तीले गरेका थिए ।

पछिल्लो समाचार

चरा संरक्षण समाजकाे कार्यालय उद्घाटन

अघिल्लो समाचार

यु–२० रग्वी सेभेन्स : कर्णाली र हेटौँडालाई उपाधि

Related Posts

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’
banner

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’

साउन ५, २०८२, १२:३३ .आइतवार
राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner -2

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.