धाइजन, २८ जेठ । मेचीनगरमा सञ्चालित धाइजन–दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सवमा बुधवार चर्चित हास्यब्याङ्गय कलाकार मनोज गजुरेल आउने भएका छ्न् ।
राष्ट्रिय र स्थानीय कलाकारको बेजोड प्रस्तुति हुँदै आएको महोत्सवमा हास्यब्यङ्यका चर्चित कलाकार मनोज गजुरेलले बुधवार राति आफ्नो प्रस्तुति देखाउने कार्यक्रम तय गरिएको आयोजकको भनाई छ ।
गजुरेल झापाली कलाकार हुन् । हाल काठमाडौँ बस्दै आए पनि झापाको झिलझिलेमा गजुरेलको घर छ ।
आइतबार राति स्थानीय युवा र ब्याण्डको प्रस्तुति रहने छ । शनिबार प्रख्यात कलाकार ज्योती मगरको प्रस्तुतिले महोत्सवमा दर्शकहरुको ह्वात्तै भीड बढेको आयोजकको भनाई छ ।
यहि जेठ २२ गतेदेखि सुरु भएको महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारहरुको कला प्रस्तुतिले आगन्तुक दर्शनको घुँइचो बढ्न थालेको छ ।
चर्चित कलाकारहरु शिव परियार, जिवब, लाहुरे, श्रीकृष्ण लुइँटेल, प्रिती आले, कमल खत्री, रचना रिमाल लागायतका दर्जनौं कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका ठेकेदार गणेश राउतले जानकारी दिए ।
स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले तार्केश्वर महादेव बाबा बैजनाथधाम ओमकार नरनारायण आध्यात्मिक प्रतिष्ठानद्वारा आयोजना गरिएको हो ।
आज विहानको राति आएको मुसलधारे वर्षाका कारण महोत्सव सञ्चालन हुन सकेन । कलाकार गजुरेल बुधवार मात्र महोत्सवमा आउने भएको आयोजकले जनाएको छ ।
Discussion about this post