झापा, २९ जेठ । आज विहान बाजुरामा भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुरामा आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो ।
बाजुरा जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।
बाजुरामा यसअघि पनि पटक–पटक भूकम्प गइरहेको स्थानीयको भनाई छ ।
Discussion about this post