२१ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पत्रकार महासंघ झापा

सदस्यता शुद्धिकरणको निष्पक्ष छानविन गर्न माग

जेष्ठ २९, २०८०, ४:३८ .सोमवार
0
0
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

झापा, २९ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य अच्युत सुवेदीले झापामा मापदण्डको अक्षरश पालना नगरी आफुखुशी सदस्यता शुद्धिकरण र नयाँ सदस्यको सिफारिस गर्ने प्रयास भएको भन्दै निष्पक्ष छानविनको माग गरेका छन् ।

आइतबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै शाखाका कार्यसमिति सदस्य सुवेदीले जेठ २७ गते सम्पन्न कार्य समितिको बैठकमा मापदण्ड विपरीत कुनै कार्य गर्न नहुने धारणा व्यक्त गरे तापनि बहुमतको आधारमा आफुखुशी एवम् पूर्वाग्रही भएर सदस्यको शुद्धिकरण र नयाँ सदस्यको सिफारिस प्रयास गरिएपछि आफुले लिखित असहमति (नोट अफ डिसेन्ट) लेख्न खोज्दा नदिइएको दावी गरे ।

उनले नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र कोशी प्रदेश समितिको ध्यानाकर्षण गर्दै विज्ञप्तिमा झापाको सदस्यता शुद्धिकरण र नयाँ सदस्य सिफारिसको छानविन गर्न माग गरेका हुन् ।

‘जिल्ला शाखाको बैठकमा मेरो उपस्थिति रहेको र बैठक पुस्तिकमा मेरो हस्ताक्षर देखिए तापनि शुद्धिकरण प्रस्तावमाथि छलफल हुँदा मापदण्डलाई अपब्याख्या गर्दै निर्णय गरिएकोले मैले असहमति जनाउन नोट अफ डिसेन्ट जनाउन खोज्दा सो गर्न पनि नदिएकाले यो प्रेस विज्ञप्ति जारी गर्न बाध्य भएको छु,’ सुवेदीले विज्ञप्तिमा भनेका छन्–‘शुद्धिकरण मापदण्डमा नपर्ने पत्रकारलाई पूर्वाग्रही ढंगले नाम समावेश गरिएको र मापदण्डमा पर्ने पत्रकारिताभन्दा बाहिर रहेका निष्क्रिय व्यक्तिलाई शुद्धिकरणमा समावेश नगरिएकाले झापामा अविलम्ब निष्पक्ष, पारदर्शी र मापदण्डको पूर्ण पालना हुनेगरी छानविन गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र कोशी प्रदेश समितिसँग जोडदार माग गर्दछु ।’

नेपाल पत्रकार महासंघले सदस्यता शुद्धिकरणलाई अभियानकै रुपमा अघि बढाउँदै त्यसलाई कार्यान्वयनका लागि १५ बुँदे मापदण्ड तोकेर प्रदेश र जिल्ला शाखालाई निर्देशन दिएको थियो ।

सोही बमोजिम देशभर महासंघले तोकेको मापदण्ड बमोजिम अहिले सदस्यता शुद्धिकरण र नयाँ सदस्यता सिफारिस भइरहेको छ ।

झापामा शुद्धिकरणको सूची र नयाँ सदस्यको सिफारिस सम्बन्धमा निर्णय लिन जेठ २७ गते जिल्ला शाखाको कार्यसमितिको बैठक बसेको थियो । बैठकमा कार्य समिति सदस्य सुवेदीले मापदण्ड बाहिर जान नहुने धारणा राख्दै बहुमतको निर्णयप्रति असहमति जनाएका थिए ।

शुद्धिकरण र नयाँ सदस्य सिफारिस गर्दा केलाई आधार मान्ने भन्ने विषयमा महासंघको केन्द्रीय समितिले १५ बुँदे मापदण्ड नै जारी गरेको छ ।

पछिल्लो समाचार

आज विहानै बाजुरामा भूकम्प

अघिल्लो समाचार

बालश्रम मुक्त नगर बनाउने घाेषणा

Related Posts

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार
झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा
अर्थ

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

कार्तिक १८, २०८२, १:४१ .मङ्लबार
निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण
banner -2

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

कार्तिक १८, २०८२, १:०३ .मङ्लबार
झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा

कार्तिक १७, २०८२, ३:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.