मेचीनगर, २९ जेठ । आज काँकरभिट्टाका नाैँ वटा संस्थाले बालश्रम रोकाैँ सुनौलो भविष्यको बारेमा सोचौं’ भन्ने मूल नाराका साथ प्रभातफेरी गरिएको छ ।
बालश्रम विरुद्धको विश्व बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस सफल पारौं लगायतका विभिन्न प्लेकार्ड सहित निस्किएको र्यालीले काँकरभिट्टा बजार परिक्रमा गरेको थियो ।
काेणसभापछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेचीनगर उपप्रमुख मीना पाेखरेल उप्रेतीले बालबालिकालाई श्रममा लगाउनु कानूनी रुपमा दण्डनीय हुने बताइन् ।
मेचीनगरलाई बालश्रम मुक्त नगरपालिका बनाउन विगत तीन वर्ष अघिदेखि अभियान थालिएको बताउँदै कार्यक्रमकी प्रमुख अतिथि उप्रेतीले आगामी दिनमा प्रत्येक वडा तथा बजार क्षेत्रमा प्रभावकारी रुपमा अनुगमन गरी बाल शोषण र बालश्रम मुक्त नगर बनाउने बताइन् ।
मेचीनगरलाई लागूऔषध दुव्र्यसनी मुक्त नगरपालिका बनाउन प्रारम्भिक प्रशिक्षण कार्यक्रम समेत सुरु गरिएको उनको भनाइ थियो ।
मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्ति पौडेलको सभापतित्व रहेको कार्यक्रममा साना हातहरु नेपालका अध्यक्ष रमेश गुरुङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको संयोजन इलाका प्रहरी कार्यालय काँकरभिट्टा, मेची सामुदायिक सेवा केन्द्र, माइती नेपाल, साना हातहरु नेपाल, आफन्त नेपाल, विश्वसेवा विस्तार संस्था, साहसी महिला नेपाल, शक्ति समूह, नेपालका लागि आवाज लगायतका संस्थाले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा होटल व्यवसायी संघ मेचीनगर, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत विभिन्न संघ-संस्थाकाे सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन सामुदायिक सेवा केन्द्रका महासचिव खडानन्द भण्डारीले गरेका थिए ।
Discussion about this post