६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बालबालिकाको संरक्षण गर्ने सहारा नेपालको प्रस्ताव

जेष्ठ २९, २०८०, ९:३७ .सोमवार
0
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २९ जेठ । आमा गुमाएपछि बिचल्लीमा परेका सहाराविहीन बिर्तामोडका तीनजना बालबालिकालाई नेपालकै अग्रणी सहकारी संस्था सहारा नेपालले संरक्षण गर्ने प्रस्ताव राखेको छ ।

संस्थाका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले उनीहरुको संरक्षणबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

संस्थाले ‘संरक्षण कार्यक्रम’ अन्तर्गत बिर्तामोड–४ स्थित सूर्योदय टोलका निर्दिका दाहाल, निर्बिका दाहाल र दुर्गेश दाहालको अभिभावकत्व प्रदान गर्ने जनाएको छ ।

संरक्षण कार्यक्रममा उनीहरुको उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने, उनीहरु बसिरहेको घरको पुनर्निर्माण गर्ने र घरभित्र चाहिने आधारभूत आवश्यकताका सामग्रीहरुको व्यवस्थापन मिलाउने प्रमुख कार्यकारी गिरीले बताएका छन् ।

त्यस्तै, बालक दुर्गेश र उनीहरुका बुवाको उपचारमा सहयोग पुर्याउने संस्थाले जनाएको छ । बालबालिकाको संरक्षणका लागि हेरचाह गर्ने व्यक्तिको व्यवस्था गर्ने, अध्ययनपछि इच्छुक भएमा एक जनालाई योग्यता अनुसारको रोजगारको व्यवस्था गर्ने संस्थाले जनाएको छ ।
संस्थाले संरक्षणका लागि स्थानीय तह र सरोकारवालासँग कानुनी प्रावधान मिलाएर अघि बढ्ने पनि बताएको छ ।

तीन दिनअघि युट्युवर भाग्य न्यौपानेले आफ्नो सामाजिक सञ्जालमार्फत ती बालबालिकाको अवस्थाबारे भिडियो रिपोर्ट प्रशारण गरेका थिए । रिपोर्ट अनुसार बालबालिकाका आमाको झन्डै चार महिनाअघि ३७ वर्षको उमेरमा दमका कारण निधन भएपछि उनीहरु बिचल्लीमा परेका थिए ।

उनीहरुका बुवा डिप्रेसनले थलिएकाले उनीहरुको साथमा नरहेको रिपोर्टमा उल्लेख गरिएको छ । भिडियो प्रसारण भए पश्चात सहारा नेपालका प्रमुख कार्यकारी गिरी, निर्देशक लक्ष्मण खतिवडासहितको टोली बालबालिकाको अवस्था बुझ्न उनीहरुको घर पुगेका थिए ।

उनीहरु आमाको निधनपछि जेठी छोरीले भारतको पानीट्यांकीबाट नेपालका पसलेका लागि सामान ओसारेर जीविको टार्दै आएकी थिइन् । निर्दिका ११, निर्बिका ९ र दुर्गेश ६ वर्ष पुगेका छन् । दुर्गेश बोल्न सक्दैनन् ।

ती बालबालिकाको अवस्थाबारे स्थानीय सुनिल न्यौपानेले भाग्य न्यौपानेलाई खबर गरेका थिए । भिडियो प्रसारण भए पश्चात धेरैले आर्थिक सहयोग समेत गरेका छन् ।

भाग्य न्यौपानेका अनुसार उनीहरुको सहयोगका लागि एक्सेल डेभलपमेन्ट बैंकमा खोलिएको खातामा ६ लाखभन्दा बढी रकम संकलन भइसकेको छ ।

पछिल्लो समाचार

काँग्रेस जोगाउन पूर्वबाट रुपान्तरण अभियान

अघिल्लो समाचार

साहित्यकार खरेलले ल्याए विवाहोत्सवमा ‘जेठी’ उपन्यास

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.