झापा, ३० जेठ । साहित्यकार पुण्यप्रसाद खरेलले ५० औं विवाहोत्सवको अवसरमा नयाँ उपन्यास ‘जेठी’को आज लोकार्पण भएको छ ।
बिर्तामोडको आदर्श व्याङ्केटमा आयोजित कार्यक्रमबीच प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना लगायतले उक्त कृतिको लोकार्पण गरिन् ।
सो अवसरमा मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, अग्रज साहित्यकार चुडामणि रेग्मी, साहित्यकार कोमलप्रसाद पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
खरेलका यसअघि १५ वटा कृति प्रकाशित भइसकेका छन् ।
यसैबीच, आजै कृति विमोचनकै अवसरमा साहित्यकार खरेल र उनकी धर्मपत्नी मैयादेवी खरेलको ५० औं विवाहोत्सव कार्यक्रम समेत सम्पन्न भएको छ ।
सो अवसरमा प्रमुख अतिथि उपसभामुख राना लगायत उपस्थित साहित्यकार, पत्रकार तथा परिवारका सदस्यहरुले खरेल दम्पत्तिलाई शुभकामना व्यक्त गरेका थिए ।
Discussion about this post