२८ चैत्र २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राष्ट्रपति पौडेललाई हृदयघात, गंगालालमा भर्ना

जेष्ठ ३०, २०८०, २:१८ .मङ्लबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

झापा, ३० जेठ । राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात भएको छ ।

मंगलबार बिहान असहज महसुस भएपछि राष्ट्रपति पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका हुन् ।

अस्पताल स्रोतका अनुसार पौडेलको मुटुको दाहिनेतर्फ एउटा नसा ७० प्रतिशत बन्द भएको पाइएको छ । ‘श्वासप्रश्वास र छाती भारी हुने समस्या भएपछि अस्पताल आउनुभएको थियो’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘उहाँलाई मायोकाड्रिएल इन्फ्राक्सन (हृदयघात) भएको हो ।’

उनका अनुसार राष्ट्रपतिको मुटुको दाहिनेतिरको नसाबाट तार हालेर जाली खोलेर रगत सञ्चालन गरिएको छ । पौडेल छाती दुख्ने, भारी हुने, गाह्रो हुने लगायतका समस्या भएपछि अस्पताल पुगेका थिए । ‘यस्तो स–साना हृदयघातले कुनै दिन ठूलो समस्या निम्त्याउँछ’ ती चिकित्सकले भने, ‘समयमै अस्पताल आइपुग्नु भएकाले एनजिओप्लास्टी गरेर रक्तनली खोलेका छौं ।’

चिकित्सकका अनुसार एनजिओप्लास्टी गरेपछि मुटुले कस्तो काम गर्छ भनेर दुई दिन हेर्नुपर्ने हुन्छ । त्यसैले राष्ट्रपति पौडेललाई दुई दिन अस्पतालमा नै राख्ने तयारी गरिएको छ ।

स्रोतका अनुसार अस्पताल निर्देशक डा.चन्द्रमणि अधिकारी नेतृत्वको टोलीले राष्ट्रपति पौडेलको शल्यक्रिया गरेको थियो । तर अस्पताल भर्ना भएका राष्ट्रपतिको विषयमा उनको सचिवालयले भने औपचारिक रुपमा कुनै जानकारी दिएको छैन ।

राष्ट्रपति पौडेलले शनिबार पनि गंगालालमै नियमित परीक्षण गराएका थिए । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका निर्देशक डा.चन्द्रमणि अधिकारीले विज्ञप्ति जारी गरी राष्ट्रपति नियमित स्वास्थ्य परीक्षणका लागि आएका र चिकित्सकको सल्लाह अनुसार एक दिन अस्पतालमै अब्जर्भेसनमा राखिने बताएका छन् ।
(अनलाइन खवर)

पछिल्लो समाचार

साहित्यकार खरेलले ल्याए विवाहोत्सवमा ‘जेठी’ उपन्यास

अघिल्लो समाचार

न्वारानमा भाेज खाएका २७ जना विरामी

Related Posts

उपसभामुखमा २५ वर्षीया रुबी निर्वाचित
box -1

उपसभामुखमा २५ वर्षीया रुबी निर्वाचित

चैत्र २७, २०८२, २:४८ .शुक्रबार
कक्षा १२ को परीक्षा भदौ ३० देखि
banner

मेचीनगरमा २४४७ विद्यार्थी मध्ये १७३७ जना कक्षा-९ पढ्न याेग्य

चैत्र २७, २०८२, १०:१९ .शुक्रबार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -2

फेरि बढ्याे : पेट्रोल २१९, डिजल-मट्टीतेल २०७ र हाफ ग्यास १००५

चैत्र २६, २०८२, ११:४९ .बिहिबार
निर्णय नसच्याए पत्रकार सडकमा उत्रिने चेतावनी
banner -1

निर्णय नसच्याए पत्रकार सडकमा उत्रिने चेतावनी

चैत्र २६, २०८२, १०:५३ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.