मेचीनगर, ३१ जेठ । न्वारानको भोज खाएका मागुरमाडीका २७ जना स्थानीयहरु बिरामी भएपछि अस्पतालमा भर्ना भएका छन् ।
मेचीनगर–९ स्थित माथिल्लो मागुरमाडीका गोविन्द श्रेष्ठको नातिको न्वारानमा भोज खान गएका २७ जना स्थानीय आम्दा अस्पतालमा भर्ना भएका हुन् ।
भोजमा रहेको परिकारमा अखाद्य पदार्थ मिसावट हुँदा फुड पोइजनका कारण स्थानीयहरु बिरामी भएको अस्पतालले जनाएको छ ।
स्थानीयहरुमा बान्ता हुने, ज्वरो आउने र पखाला लाग्ने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको ९ नम्बर वडाका वडाध्यक्ष कञ्चन तामाङले बताए ।
उनका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेकाले विहीबार सम्ममा डिस्चार्ज हुने अस्पतालले जनाएको छ ।
मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले विरामीहरूको उपचारका विषयमा समन्वय गरिरहेको स्वास्थ्य शाखाकी प्रमुख सविता सापकोटाले जानकारी दिइन् ।




Discussion about this post