४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बिर्तामोडमा घरबाटै कुहिने र नकुहिन फोहोर संकलन

असार १, २०८०, ३:३१ .शुक्रबार
0
0
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

झापा, १ असार । बिर्तामोड नगरपालिकाले फोहोरलाई कुहिने र नकुहिने गरी दुई भागमा वर्गीकरण गरेर संकलन गर्न थालेको छ ।

नगरमा संकलन भएको फोहोरबाट बायोग्यास उत्पादन गरिने भएको हुँदा स्रोतमै वर्गीकरण गर्न थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले बताए ।

बिर्तामोडमा ११ वटा वडा छन् । कुहिने र नकुहिने फोहोर संकलनका लागि नगरपालिकाले सबै वडामा छुट्टाछुट्टै गाडी पठाउने गरेको उनले जानकारी दिए । कुहिने फोहोर संकलन गरेर दुई वटा गाडीमार्फत कनकाई बिर्ता–अर्जुन नविकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीमा लैजाने कार्य शुरु भइसकेको छ ।

बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाको साझेदारीमा स्थापना गरिएको सो कम्पनीले नगरबाट आउने कुहिने फोहोरलाई जैविक ऊर्जामा परिणत गर्ने परियोजना सञ्चालन गरिरहेको छ । वर्गीकरण नगरिएको फोहोर परियोजनाले लिदैन ।

‘हरेक टोल विकास संस्थामा जनचेतनामूलक कार्यक्रम गरेर घरबाट निस्कने फोहोर मैलालाई कुहिने र नकुहिने गरी दुई वर्गमा वर्गीकरण गरिदिन अनुरोध गरेका छौं,’ प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने–‘स्रोतमै वर्गीकरण भयो भने उपयुक्त हुने विज्ञहरुको धारणा बमोजिम हामीले अहिले फोहोर संकलन र जागरण अभियान सँगसँगै चलाइरहेका छौं ।’

वर्गीकरण नगरिएको फोहोर नबुझ्ने जानकारी गराइसकेको हुँदा नगरबासी आफैले कुहिने र नकुहिने फोहोरलाई अलग अलग भाडोमा राखेर बुझाउने गरेको उनले बताए ।

कनकाई नगरपालिका वडा नम्बर २ को जामुनखाडीमा बायोग्यासको उत्पादन गृह छ । कनकाई– बिर्ता–अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनी स्थापना गरेर पालिकाहरुले बायोग्यास उत्पादन सुरु गरेका हुन् ।

कम्पनीको २२ करोड लगानी मध्ये ६० प्रतिशत लगानी बिर्तामोड लगायत तीन वटा पालिकाले व्यहोरेका छन् । बायोग्यास उप्पादनका लागि विश्व बैंकले पाँच करोड ४६ लाख अनुदान दिएको छ ।

बिर्तामोडबाट दैनिक न्यूनतम् ६ ट्याक्टर फोहोरमैला निस्कने गरेको छ । बजार, सडक र आवास क्षेत्रबाट निस्कने कुहिने फोहोरलाई प्रयोग गरेर कम्पनीले बायोग्यास उत्पादन गर्नेछ ।

कुहिने फोहोरबाट बायोग्याँससँगै जैविक मल समेत उत्पादन हुनेछ । नकुहिने प्लास्टिकजन्य फोहोरलाई पेलेर पेभर्स नामक निर्माण सामग्री उत्पादन गर्ने समेत कम्पनीको योजना छ ।

कम्पनीमा चार हजार टन क्षमताको प्लान्टबाट प्रतिघण्टा एक हजार २०० घनमिटर बायोग्याँस उत्पादन गर्न सकिने बताइएको छ ।

बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले प्लान्टबाट व्यावसायिक रुपमा ग्याँस उत्पादन सुरु गर्न नगरपालिकाहरुबाट वर्गीकरण भएको फोहोर संकलन आवश्यक रहेको बताइन् ।

पछिल्लो समाचार

निर्णय नसच्चाए भन्सार कार्यालय ठप्प पारिने

अघिल्लो समाचार

नगरप्रमुख बुढाथोकीको स्पष्टोक्ति

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.