१९ मंसिर २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

नगरप्रमुख बुढाथोकीको स्पष्टोक्ति

असार १, २०८०, ४:३९ .शुक्रबार
0
0
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १ असार । मेचीनगर नगरपालिकाका विषयमा केही मिडियामा आइरहेको समाचारप्रति नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका छन् ।

नगरप्रमुख बुढाथोकीले नगरपालिकाको बिषयमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेका हुन् ।

यस्तो छ नगरप्रमुख बुढाथोकीको स्टाटस् :

आदरणीय नगरबासी माहानुभावहरु – केही दिनदेखि मचीनगर नगरपालिकाका केही समाचारहरुको बारेमा केही यथार्थ सार्वजनिक गर्नै पर्ने भएकाले केही बिषय स्पष्ट पार्न चाहान्छु ।

१. सामाजिक सुरक्षा भत्ता : यस बिषयमा मलाई गत कार्तिक महिनामा नै कोलेनिकाले रेकर्ड मिलेको छैन जस्तो छ समस्या पहिचान गरेर समाधान गर्न सुझाब दिएको र तत्कालीन प्रमुख प्रशासकिय अधिकृतको ध्यानाकर्षण गराए ।
सम्बन्धित कर्मचारीलाई समेत पटक पटक समस्या पहिचान र समाधान गर्न आदेश गरियो यहि बिचमा माहालेखा परिक्षकले परिक्षण गर्दा लामो समय देखिको नपाको र बैंकको हिसाब विवरणमा ठुलो रकम फरक परेको देखिए पछि समस्या पहिचान भइ समाधान गरिएको छ तर के ५÷६ वर्ष देखिको समस्या हामीले हाम्रो कार्यकालमा सिर्जना गरेको हो कि हामीले समाधान चै गरेको ?

२. बेरुजु विवरण : सवै सरकारी कार्यलयको कारोवार प्रत्येक आर्थिक वर्षको अन्त्य पछि अर्को आर्थिक बर्षमा अघिल्लो वर्षको कारोवार कानुन बमोजिम भए नभएको माहालेखा परिक्षकको कार्यलयले परिक्षण गर्छ । बेरुजु भनेको कानुन बमोजिम सबै प्रकृया पूरा नगरि गरिएको भुक्तानी लगायतका कार्य पर्छन् ।
प्रचार गरिएको १७ करोड बेरुजु कुन आ.ब.को हो भनेर उल्लेख नगरी चालू आ.ब.को बेरुजु हो जस्तो बुझिने गरि प्रचार गरिएको छ । यो बेरुजु आ.ब.२०७८÷०७९ को हो । सो वर्ष हाम्रो कार्य जम्मा ४८ दिन हो त्यो पनि आ.ब. कोअन्त्य समय । तर हाम्रै कार्यकालमा सखाप पारेको भन्ने कुप्रचार गरिएको छ ।

३. आज फेरि तारजाली : हामी गत वर्ष बैसाख ३० गतेको निर्वाचनबाट निर्वाचित भइ जेठ १२ गतेदेखि कार्यभार सम्हाल्दा जम्मा ६८÷७० वटा मात्र तार जाली थियो के हालत भयो होला त्यो पनि जेठ र असारमा । तत्कालनै खरिद गर्न सकिएन लामो समयसम्म खरिद भएन कारण बिगतका केही घटना क्रमको अनुमान गर्दा हुन्छ ।
अहिले कार्यरत प्रमुख प्र.अधिकृतले खरिद प्रक्रिया बढाउनु भएको छ । तर अघिल्लो वर्षको तार जाली वितरणको अभिलेख नभएको हामीले खोज्यो यथार्थ थाहा पाउन छानबिन गरिदैछ तर समाचार र प्रतिक्रियाहरु यहीँ वर्षको तारजाली हिनामिना गरेको जस्तो गरि प्रसारित छ ।

४. पानीको धारा : पानी बिल मात्रै होइन नपा अन्तर्गतका पानी, बिजुली लगायत धेरै विषयका ५÷६ वर्ष देखिको बिल वक्यौता रहेछन । भुक्तानी दाइत्व रेकर्डमा नदेखिदा भुक्तानीमा पनि समस्या हुने यस्ता समस्या धरै रहेछन जुन बिषय जनप्रतिनिधिलाई थाहा हुँदैन समस्या आएपछि मात्र थाहा हुन्छ ।
गत घटनाको पानीको विल बैसाखमै भुक्तानीका लागि निर्णय गरेको तर भुक्तानी भएनछ । उपरोक्त प्रकृतिका र अन्य पनि थुप्रै व्यवस्थापकिय समस्याहरु थाहा हुँदैछन र क्रमशः समाधान गरिने छ । नगरपालिका अविछिन्न उत्तराधिकारी संस्था हो काम गर्ने क्रममा कमजोरीहरु हुन्छन् तर कमजोरीहरु कुन प्रकृतिका हुन नियत पूर्वक हुन होइनन् निक्योल गर्न पर्छ ।

जिम्मेवारीमा आएपछि जुनसुकै कालको होस कसैलाई लान्छना लगाएर पन्छिनु हुँदैन । समस्या समाधानमा सबैको सहयोग लिएर लाग्नु पर्छ र लागि रहेका छौ तर निरन्तर प्रहार भएकाले केही स्पस्ट पार्न चाहे । अन्यथा हँुदैन होला । केही भन्दैन, यथार्थ थाहा पाउँ भन्ने अपेक्षा धेरैको छ । केही दिनपछि सन्दर्भ मिलाएर न.पा.को तर्फबाट अन्य बिषय समेत सार्वजनिक गर्नेछु । धन्यवाद ।

पछिल्लो समाचार

बिर्तामोडमा घरबाटै कुहिने र नकुहिन फोहोर संकलन

अघिल्लो समाचार

खाँण र रायमाझीसहित १६ जना जेल चलान

Related Posts

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
box -1

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार
स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित
banner

स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित

मंसिर १९, २०८२, ११:३० .शुक्रबार
मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम
banner -1

मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम

मंसिर १९, २०८२, १०:०५ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.