मेचीनगर, १ असार । मेचीनगर नगरपालिकाका विषयमा केही मिडियामा आइरहेको समाचारप्रति नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका छन् ।
नगरप्रमुख बुढाथोकीले नगरपालिकाको बिषयमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेका हुन् ।
यस्तो छ नगरप्रमुख बुढाथोकीको स्टाटस् :
आदरणीय नगरबासी माहानुभावहरु – केही दिनदेखि मचीनगर नगरपालिकाका केही समाचारहरुको बारेमा केही यथार्थ सार्वजनिक गर्नै पर्ने भएकाले केही बिषय स्पष्ट पार्न चाहान्छु ।
१. सामाजिक सुरक्षा भत्ता : यस बिषयमा मलाई गत कार्तिक महिनामा नै कोलेनिकाले रेकर्ड मिलेको छैन जस्तो छ समस्या पहिचान गरेर समाधान गर्न सुझाब दिएको र तत्कालीन प्रमुख प्रशासकिय अधिकृतको ध्यानाकर्षण गराए ।
सम्बन्धित कर्मचारीलाई समेत पटक पटक समस्या पहिचान र समाधान गर्न आदेश गरियो यहि बिचमा माहालेखा परिक्षकले परिक्षण गर्दा लामो समय देखिको नपाको र बैंकको हिसाब विवरणमा ठुलो रकम फरक परेको देखिए पछि समस्या पहिचान भइ समाधान गरिएको छ तर के ५÷६ वर्ष देखिको समस्या हामीले हाम्रो कार्यकालमा सिर्जना गरेको हो कि हामीले समाधान चै गरेको ?
२. बेरुजु विवरण : सवै सरकारी कार्यलयको कारोवार प्रत्येक आर्थिक वर्षको अन्त्य पछि अर्को आर्थिक बर्षमा अघिल्लो वर्षको कारोवार कानुन बमोजिम भए नभएको माहालेखा परिक्षकको कार्यलयले परिक्षण गर्छ । बेरुजु भनेको कानुन बमोजिम सबै प्रकृया पूरा नगरि गरिएको भुक्तानी लगायतका कार्य पर्छन् ।
प्रचार गरिएको १७ करोड बेरुजु कुन आ.ब.को हो भनेर उल्लेख नगरी चालू आ.ब.को बेरुजु हो जस्तो बुझिने गरि प्रचार गरिएको छ । यो बेरुजु आ.ब.२०७८÷०७९ को हो । सो वर्ष हाम्रो कार्य जम्मा ४८ दिन हो त्यो पनि आ.ब. कोअन्त्य समय । तर हाम्रै कार्यकालमा सखाप पारेको भन्ने कुप्रचार गरिएको छ ।
३. आज फेरि तारजाली : हामी गत वर्ष बैसाख ३० गतेको निर्वाचनबाट निर्वाचित भइ जेठ १२ गतेदेखि कार्यभार सम्हाल्दा जम्मा ६८÷७० वटा मात्र तार जाली थियो के हालत भयो होला त्यो पनि जेठ र असारमा । तत्कालनै खरिद गर्न सकिएन लामो समयसम्म खरिद भएन कारण बिगतका केही घटना क्रमको अनुमान गर्दा हुन्छ ।
अहिले कार्यरत प्रमुख प्र.अधिकृतले खरिद प्रक्रिया बढाउनु भएको छ । तर अघिल्लो वर्षको तार जाली वितरणको अभिलेख नभएको हामीले खोज्यो यथार्थ थाहा पाउन छानबिन गरिदैछ तर समाचार र प्रतिक्रियाहरु यहीँ वर्षको तारजाली हिनामिना गरेको जस्तो गरि प्रसारित छ ।
४. पानीको धारा : पानी बिल मात्रै होइन नपा अन्तर्गतका पानी, बिजुली लगायत धेरै विषयका ५÷६ वर्ष देखिको बिल वक्यौता रहेछन । भुक्तानी दाइत्व रेकर्डमा नदेखिदा भुक्तानीमा पनि समस्या हुने यस्ता समस्या धरै रहेछन जुन बिषय जनप्रतिनिधिलाई थाहा हुँदैन समस्या आएपछि मात्र थाहा हुन्छ ।
गत घटनाको पानीको विल बैसाखमै भुक्तानीका लागि निर्णय गरेको तर भुक्तानी भएनछ । उपरोक्त प्रकृतिका र अन्य पनि थुप्रै व्यवस्थापकिय समस्याहरु थाहा हुँदैछन र क्रमशः समाधान गरिने छ । नगरपालिका अविछिन्न उत्तराधिकारी संस्था हो काम गर्ने क्रममा कमजोरीहरु हुन्छन् तर कमजोरीहरु कुन प्रकृतिका हुन नियत पूर्वक हुन होइनन् निक्योल गर्न पर्छ ।
जिम्मेवारीमा आएपछि जुनसुकै कालको होस कसैलाई लान्छना लगाएर पन्छिनु हुँदैन । समस्या समाधानमा सबैको सहयोग लिएर लाग्नु पर्छ र लागि रहेका छौ तर निरन्तर प्रहार भएकाले केही स्पस्ट पार्न चाहे । अन्यथा हँुदैन होला । केही भन्दैन, यथार्थ थाहा पाउँ भन्ने अपेक्षा धेरैको छ । केही दिनपछि सन्दर्भ मिलाएर न.पा.को तर्फबाट अन्य बिषय समेत सार्वजनिक गर्नेछु । धन्यवाद ।
Discussion about this post