झापा, १ असार । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् ।
कार्कीले आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि शुक्रबार नै कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो । त्यसपछि राष्ट्रपति पौडेलले उनलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।
८ महिनादेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।
Discussion about this post